काठमाडौं । आज (आईतबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ। आज छापावाल सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै गरी आज तेजावी सुन ६४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज सुनसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ।




