काठमाडौं। गत हप्ता लण्डनको एक घरको बगैंचामा एक व्यक्तिको शव आकाशबाट खस्यो । शव जमेको बरफजस्तै थियो । मिडिया रिपोर्टका अनुसार यो शव विमानको ल्याण्डिङ गियरमा लुकेर यात्रा गरिरहेका कुनै व्यक्तिको थियो । जाँचपछि थाहा भयो कि यो शव केन्या एयरलाइन्सको विमानबाट खसेको थियो जुन विमान केन्याबाट लण्डन जाँदै थियो ।

यही बीचमा एक यस्ता व्यक्तिको कथा सार्वजनिक भएको छ जो यस्तै यात्रापछि जीवित रहन सफल रहे । संसारभर यस्ता कैयौं घटना भए जब मानिसहरुले विमानमुनि लुकेर यात्रा गर्ने कोसिस गरे र मृत्युको शिकार भए । तर यसरी यात्रा गर्ने मान्छे जीवित रहेको घटना विरलै छ । बेलायती मिडिया मिररका अनुसार आजभन्दा २३ वर्ष पहिले एक युवक यसैगरी यात्रा गरेर लण्डन पुगे । आश्चर्यजनक रुपमा उनी जीवित थिए ।

प्रदिप सैनी नामका ती युवकले यसैगरी विमानको ल्याण्डिङ गियरमा लुकेर भारतको दिल्लीदेखि लण्डनसम्म यात्रा गरेका थिए । १९९६ मा यसरी लुकेर दिल्लीबाट लण्डन पुगेका सैनीले अहिले लण्डनमा ड्राइभरको काम गर्छन् । करिब ६ हजार ५ सय किलोमिटरको यात्रा विमानको ल्याण्डिङ गियरमा बिताएका सैनी जीवित रहन सफल भए । यो यात्राको क्रममा ब्रिटिस एयरलाइस्नको विमान ४० हजार फिटसम्मको उचाइमा पुग्यो र उनले शून्य बराबर अक्सिजन र माइनस ६० डिग्री सेल्सियस तापक्रमको सामना गरे ।

सैनी आज त्यो यात्रालाई निकै कष्टकर बताउँछन् । त्यतिबेला उनीसँगै उनका भाइ विजय पनि लुकेर गएका थिए तर उनका भाइ विमानबाट खसे र उनको मृत्यु भयो । ५ दिनपछि उनको शव लण्डनमै भेटियो । त्यतिबेला लण्डन पुग्दा २२ वर्षका प्रदिप बेहोस अवस्थामा भेटिएका थिए । उनलाई अस्पतालमा भर्ना गरियो जहाँ आश्चर्यजनक रुपमा डाक्टरलाई चकित पार्दै उनले स्वास्थ्यलाभ गरेका थिए । पछि उनलाई बेलायतबाट निकाल्ने प्रयास भएपछि उनले धेरै लामो कानुनी लडाइ लड्नुपर्यो । अन्ततः अदालतले १८ वर्षपछि २०१४ मा उनलाई लण्डनमै बस्न अनुमति दियो । त्यहाँ जानुभन्दा पहिले उनी पंजाबमा कार मेकानिकको काम गर्थे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah