काठमाडौं, असार २४ । साताको तेस्रो दिन मंगलबार पनि बजारमा सुनचाँदीको भाऊ यथावत नै रहेको छ । सोमबार प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै, सोमबार तेजावी सुनको मूल्य ६४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि प्रतितोला सुनको मूल्य ६४ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ । त्यसैगरी, चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको



