एक बेलायती युवतीले आफ्नो खुट्टा काट्न डाक्टरलाई पाँच वर्षसम्म फकाइन् । खुट्टा काटेपछि उनले आफूलाई नयाँ ढङ्गले पुनर्निर्माण गरिन् । उनले आफूलाई एक शानदार गायिका एवं डान्सरको रुपमा आफूलाई विकास गरिन् । खुट्टा काटिएपछि ३१ वर्षकी भिक्टोरिया मोडेस्टाले विभिन्न डिजाइनको नक्कली खुट्टाको प्रयोग गर्छिन् ।

हालै भिक्टोरियाले पेरिसको क्रेजी हर्समा आफ्नो शानदार प्रस्तुती दिइन् । त्यसपछि नै उनको व्यापक चर्चा भइरहेको छ । लातवियामा जन्मिएकी उनको जन्मलगत्तै एक दुर्घटनाका कारण बायाँ हिप र खुट्टामा समस्या आएको थियो ।

१२ वर्षको उमेरमा भिक्टोरिया लण्डन गइन् र २० वर्षको उमेरमा उनले आफ्नो खुट्टा काट्ने निर्णय गरिन् । विभिन्न शल्यक्रियापश्चात् पनि उनलाई भयंकर पीडा हुने र हिँड्न पनि समस्या भएका कारण खुट्टा नै काट्ने निर्णय लिएको उनले कुराकानीमा बताउने गर्छिन् । खुट्टा काटेपटि मात्र उनले आफ्नो शरीरमा नियन्त्रण हासिल गरेको उनले बताउँछिन् ।

अब उनी अमेरिकामा बस्छिन् र आफूलाई संसारको नागरिक बताउँछिन् । भिक्टोरियाका एकपटक भनेकी थिइन् कि खुट्टा काटेपछि उनले जीवनमा खुसी पाइन् । उनले भनेकी थिइन्, ‘जन्मिएको पाँच दिनसम्म आमाले मलाई हेरिनन् । मलाई अनाथालय पठाउन उनीमाथि दबाब थियो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah