अहिले योगको लहर छ । प्राणायाको लहर छ । ध्यानको लहर छ । भौतिक शरीर कति अनमोल छ भनेर खोजी हुन थालेको छ । व्यायाम, योग, प्राणायाम, ध्यान आदि विधीबाट शरीरको वास्तविक रहस्य खोतल्ने र यसको महत्व एवं मूल्यलाई बुझ्ने अभ्यास भइरहेको छ ।

अहिले टोल-टोलमा योग प्रशिक्षण केन्द्र खुलेका छन् । घर-घरमा योग र प्राणायम विधी अपनाउन थालिएको छ । भनौं, एक हिसाबले सकारात्मक लहर चलेको छ ।

शरीरको भाषा नबुझ्ने र शरीरको आवश्यक्तालाई महसुष नगर्ने हो भने, हामी दिनदिनै रोगी, जिर्ण, कमजोर, शिथिल हुँदै जान्छौं । यदि आजको विश्वमा योग, प्राणायाम जस्ता विधीहरुको आवश्यक्ता महसुष नगरिएको भए हामी अस्पताल, उपचार, औषधीको घनचक्करमा फसिरहेका हुन्थ्यौं । तर, हामीसँग योग विज्ञान छ । प्राणायाम, ध्यान विधीहरु छन् । यसले शरीरलाई निरोगी, जवान, उर्जावान् बनाइरहेका छन् । त्यो पनि प्राकृतिक रुपमै ।

हाम्रा पूर्खाले गरेका थिए योगको अभ्यास

योग, प्राणायाम भन्नसाथ हामी आफ्नै टोलका योगगुरुलाई सम्झन्छौं । बाबा रामदेवलाई सम्झन्छौं । श्री रविशंकरलाई सम्झन्छौं । उनीहरुले यी विधीमार्फत हाम्रो समाजमा जागरण ल्याएका हुन् । जागरुकता ल्याएका हुन् ।

हाम्रा पूर्खाहरुले परापूर्व कालमा योग, प्राणायाम, ध्यान जस्ता विधीको खोज, अभ्यास गरेका थिए । त्यसैको फलस्वरुप आज हामी निरोगी जीवन विताइरहेका छौं ।

हाम्रा पूर्खाहरु हरेक रोगको निदान, हरेक समस्याको हल प्राकृतिक विधीबाट खोज्थे । योग, प्राणायाम त्यस्तै एक माध्याम हो, जसले शरीरलाई प्राकृतिक रुपमा निरोगी बनाउँछ ।

अतः आज जुन योग पद्धती हामीले आत्मसात गरिरहेका छौं, त्यसको जननी हुन् महषिर् पतञ्जली ।

योगका सूत्रधारः पतञ्जली

पतञ्जली योगसूत्रका रचनाकार हुन् । उनले तीन वटा ग्रन्थ लेखेका छन्, योगसूत्र, अष्टाध्यायीमा भाष्य र आयुर्वेद ग्रन्थ ।

खासमा पतञ्जली महान चिकित्सक थिए । उनलाई नै चरक सहिंताको परचयिता मानिन्छ । योगसूत्र पतञ्जलीको प्रमूख ग्रन्थ हो । पतञ्जली रसायन विद्याका विशिष्ठ आचार्य थिए । उनी संभवत पुष्यमित्र शुंग -१९५-१४२ इशापूर्व) को शासनकालमा थिए । राजा भोजले उनलाई तनको साथै मनको पनि चिकित्सक भनेका छन् ।

इशापूर्व द्वितिय शताब्दीमा महाभाक्ष्यका रचयिता पतञ्जली काशी मण्डलका निवासी थिए । मुनित्रयको परम्परामा उनी अन्तिम मुनि थिए । पाणिनी पछि पतञ्जली सर्वश्रेष्ठ स्थानका अधिकारी पुरुष मानिन्छन् ।

पहिला योग सूत्रवद्ध थिएन । यसको अभ्यास पनि पूर्ण थिएन । योगप्रति जनविश्वास थिएन । त्यही समयमा महषिर् पतञ्जलीले योगलाई १ सय ९५ सूत्रमा एकवद्ध गरिदिए र अष्टांग योगको प्रतिपादन गरे । आज हामी त्यही योग विधी अपनाइरहेका छौं ।

कालन्तरमा महषिर् पतञ्जलीबाट प्रतिपादित १ सय ९५ सूत्र योग दर्शकनको स्तम्भ मानियो । पतञ्जली नै एक यस्ता व्यक्ति थिए, जसले योगलाई आस्था, अन्धविश्वास र धर्मबाट बाहिर निकालेर एक सुव्यवस्थित रुप दिए ।

योग हिन्दु दर्शनमा एक मानिन्छ । तर, यसको हिन्दु धर्मसँग कुनै लेनदेन छैन । योग ध्यानसँग संयोजन हुन्छ । बौद्ध धर्ममा पनि आफ्नै ध्यान विधी छ । साथै ध्यानको सम्बन्ध इस्लाम र इसाई धर्मसँग पन छि ।

आसन, प्राणायाम र ध्यान

महषिर् पतञ्जलीले अष्टंग योगको महिमा बताएका छन्, जो स्वस्थ्य जीवनका लागि महत्वपूर्ण छ । महिर्ष पतञ्जलीले द्वितीय र तृतिय पादमा जुन अष्टांग योग साधनाको उपदेश दिएका छन्, त्यो यसप्रकार छ । एक, यम । दुई, नियम । तीन आसन । चार, प्राणायम । पाँच, पत्याहार । छ, धारणा । सात, ध्यान । आठ, समाधि । यी आठ अंग आ-आफ्नो उप-अंग पनि हो । वर्तमान योगमा तीन अंग प्रचलनमा छ, आसन, प्राणायाम र ध्यान ।

महषिर् पतञ्जलीको जन्मको विषयमा एक धार्मिक कथा छ । भनिन्छ, एक समय सबै ऋषिमुनी भगवान विष्णुकहाँ पुगे र भन्न थाले, ‘भगवान्, तपाईंले धन्वन्तरिको रुप लिएर शारीरिक रोगको उपचारका लागि आयुर्वेद दिनुभयो । तर, अहिले पनि पृथ्वीमा मानिसहरु काम, क्रोध र मनको वासनाले पीडित छन् । यी सबै विकारबाट उन्मुक्ति पाउने तरिका के हो ? धेरैजसो मानिस शारीरिक होइन, मानसिक र भावनात्मक स्तरमा विकारबाट दुःखी छन् ।’

भगवान आदिशेष सर्पको ओछ्यानमा सुतेका थिए । हजारौं मुख भएको आदिशेष सर्प, जागरुकताको प्रतीक हो । उनले ऋषिमुनीको प्रार्थना सुने, जागरुकता स्वरुप आदिशेषलाई महषिर् पतञ्जलीको रुपमा पृथ्वीमा पठाए । यस किसिमले योगको ज्ञान प्रदान गर्ने हेतुले पृथ्वीमा पतञ्जलीको अवतार भयो ।onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah