बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक राजनीतिक रुपमा मात्र नभएर पछिल्लो समयमा यहाँ शुरु भएका बिकास निर्माणका अभियानले पनि चर्चित रहेको छ । दमक छिटो बिकास भएको र देशभरकै उदाहरणिय नगरको रुपमा चिनिन थालेको छ । जन सहभागिताले बनाइएका सडक हुन् या यहाँ बसाइ सरेर आउनेहरुको चापले होस यो एउटा सम्बृद्धितर्फ उन्मूख नगरको रुपमा हेर्न सकिन्छ ।

दमकमा सडक निर्माण उपभोक्ता समिति होस् या बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष नै किन नहोस् । उद्योग बाणिज्य संघ चुनाव होस् की अन्य कुनै सामाजिक तथा ब्यवसायिक संघसंस्थाको नै चुनाव किन नहोस वा दमक क्याम्पसको अध्यक्ष चयन नै भनौ खर्चिलो, भड्किलो र अनपेक्षित परिणामको शिकार भएको देखिएको छ ।

दमकमा मेयरमा प्रतिस्पर्धा केहि पुराना अनुहार र केहि नयाँ अनुहारबीच हुने छाँटकाँट आइसकेको छ । प्रमुख राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेले मेयरको उम्मेदवार छान्ने अन्तिम कसरत गरिरहेकाछन् तर छान्न सकस भोगिरहेकाछन् । यद्यपि सरकारमा रहेको माओबादी केन्द्र र राप्रपाले उम्मेदवार टुङ्गो लगाइसेको छ ।

काँग्रेसभित्र वर्तमान क्षेत्रिय सभापति ढुण्डिराज भण्डारीको पल्लाभारि बन्दै गएको छ भने दौडमा घनेन्द्र सुब्बा पनि रहेकाछन् । शेरबहादुर भट्टराइ र रोशन गौतमको नामलाइ पनि कम आँकलन गर्ने अवस्था काँग्रेसभित्र देखिदैन । काँग्रेसले वडाबाट अनुमोदन गर्दै नगर र क्षेत्रसम्मले प्रजातन्त्रि बिधि अपनाएर भएपनि उम्मेद्वार छान्ने सम्मको बहस चलाएको छ । जसलाइ कार्यकर्ताहरुले पनि उत्सुक मानेकाछन् ।

यता नेकपा एमालेबाट पनि उम्मेदवार यहि हो भन्ने अवस्था आइनसकेको देखिन्छ । यद्यपि रोमनाथ ओली बढि चर्चामा रहेकाछन् । पूर्व मेयर रहेका ओलीको सम्भावाना प्रवल नै छ । यद्यपि अम्बिका खनाल र इन्द्र भण्डारीले पनि आफ्नो दाबेदारीलाइ कायम राखेकाछन् । युवा पुस्ताको बहस चलिरहदा उनिहरुको नामलाइ पनि कम आँकलन गर्न नसकिने एमाले बृतमा बहस भएको देखिन्छ । तर एमालेको सुरक्षित ठाँउ भन्दै जो उठाए पनि सर्वसम्मत बन्दा जित्ने आधार क्षेत्र भएको एमाले बिश्लेषण छ ।

सरकारको नेतृत्व गरेको माओबादी केन्द्रले पार्टी भित्र चर्चित अनुहार गगन पुरीलाइ उम्मेदवार बनाएको छ । उनले आफूलाइ बिकासका लागि केपी शर्मा ओली बाहेक कसैले नभेट्ने दाबी गर्दै आएकाछन् । कुनै न कुनै रुपमा पार्टीभित्र र बाहिर चर्चामा आएका उनले स्थानीय तहको निर्वाचनमा एक प्रकारको माहोल ल्याउनेछन् ।

दमकमा अर्का चर्चिच पात्र राम थापा राप्रपाबाट मेयर लड्दैछन् । उनि अमेरिका घुम्न गएका पनि स्थानीय तहको निर्वाचनको वातवरण बन्न लागेपछि तत्काल दमक फर्केका थिए । उनि संबिधानसभा निर्वाचनमा सभाषद समेत उठेका थिए । उनले त्यो समयमा मेयरको दाबी गर्दै उठ्न नमानेपनि मेयरको टिकट समेत दिने सहमति पछि उनि सभाषदको उम्मेद्वार बने । थापा सबै राजनीतिक दलका लागि एउटा शक्तिको रुपमा देखा परेकाछन् ।

चारजना मेयरबीच चौपक्षिय भिडन्त हुने भएकाले दमकको मेयर बन्न सहज देखिदैन । मेयरको कुर्सिमा बस्नका लागि चारवटै पार्टीका उम्मेदवार लालयित र ब्यग्र प्रतिस्पर्धामा रहेकाछन् । को बस्ला मेयरको कुर्सिमा त्यो भने निर्धारीत समयमा निर्वाचन भएमा जेठ १ गतेसम्म पर्खनु पर्नेछ र त्यो दिन थाहा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah