लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा झापाको दमकबाट मेयरको उम्मेद्वारी घोषणा गरेका माओबादी केन्द्रका गगन पुरीले चुनावी अभियानमा तिब्र रुपमा जुटेकाछन् । कार्यकर्ताहरुको घरदैलोमा पुग्ने देखि लिएर तटस्थ रहेका ब्याक्तिहरुलाइ पार्टीमा प्रवेस गराउनेसम्मका कसरतमा उनि लागि परेकाछन् ।
पुरीले मेयरको निर्वाचनलाइ आफ्नो संसदीय जीबनमा आफ्नो पहिलो खुड्किलो बनाउनका लागि जित हासिल गर्ने दौडमा छन् । उनको सपना मेयर र साँसद हुदै देश हाक्नेसम्मको छ । जून कुरा उनले सवाल नेपालसंग ब्यक्त गरेकाहुन् । आफूलाइ युवा प्रतिनिधि र बिकासको सम्बाहकको रुपमा परिभाषित गर्दै उनि निर्वाचनमा होमिएकाछन् । उनको उम्मेद्वारी पार्टीभित्र निर्बिबाद भएको र टिम अर्थात वडाध्यक्षहरु समेत घोषणा भइसकेको छ । जसले गर्दा उनि वडावडामा जादैछन् । आफ्नो प्रतिबद्धता पत्र समेत लिएर उनि अघि बढेकाछन् । दमक रबि चिसापानी सडक उपभोक्ता समितिमा चमत्कारीक परिणाम ल्याएर चर्चा कमाएका उनि अहिले पनि चमात्कारिक परिणाम ल्याउने ध्याउन्नेमाछन् ।
पुरीले टिममा अर्थात वडा नं. ३ बाट पुराना माओबादीका कार्यकर्ता नरहरी दाहालदेखि लिएर नयाँ प्रवेस गरेका मेहरमान लिङदेनलाइ वडा नं. ६ बाट वडाध्यक्षको उम्मेद्वार बनाएर अघि बढिरहेकाछन् । वडा नं. २ बाट रुद्रबहादुर कार्की, ४ मा मानबहादुर श्रेष्ठ, ५ नम्बरबाट प्रेमप्रसाद बिमली, ८ नम्बरबाट सन्तकुमार राइ, ९ बाट पर्शु सञ्जेल र १० बाट गंगा धिमाल रहेकाछन्



