काठमाडौं । आज (सोमबार) सुनको भाउ स्थिर रहेको छ। आज छापावाल सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार पनि सुन सोही मुल्यमा कारोबार भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै गरी आज तेजावी सुनको भाउ पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज सुनको मुल्यसँगै चाँदीको मुल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ।

काठमाडौँ उपत्यका बाहेकका स्थानमा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ।