झापा। अहिले नेपालको पुर्वि क्षेत्रमा पनि चलचित्र तथा म्युजिक भिडियोहरु धेरै बन्न थालेका छन्। पुर्वमै बसेर यसरी गीत संगीत आफ्नो पहिचान बनाउन भने त्यति सजिलो छैन्। प्रविधिको अभाव , उचित अवसरको कमि, यस्ता कारणले गर्दा मोफसलमा यो क्षेत्रमा टिक्न गाह्रो हुन्छ।तर यसका बावजुत पनि गीत संगीतप्रतिको मोह अहिले पुर्वमा निकै बढन थालेको छ। यसकै एउटा उदाहरण हुन धर्म चौहान।
पुर्बी पहाडी जिल्ला संखुवासभा मा जन्म भइ हाल झापाको गौरादह मा स्थाइ बसोबास गर्दै आएका रचनाकार गायक तथा संगीतकार धर्म चौहान ले धेरै बिधा का गित हरु जस्तै- तिज गित, आधुनिक र लोकगितहरु सिर्जना गरेका छन्। पेशाले उनी यातायात ब्याबसायी हुन्।
यातायात ब्याबसायी भए पनि उनी गीत संगीत क्षेत्रमा कम्मर कसेर लागि परेका छन्। गीत संगीतबाट नै आफ्नो गाउ तथा क्षेत्रमा रहेका कलाहरु बाहिर ल्याउन सकिन्छ भन्ने धारणा उनको रहेको छ। हालै उनको नयाँ गीत “धनकुटा डाडैमा भाले बासेको ” भन्ने बोलको गीत रिलिज भएको छ। पुर्वेली भाकाको यो गीतमा उनकै शब्द रहेको छ बने पछिल्लो समय चर्चित गायिका एलिना चौहान र उनी आफैले स्वर भरेका छन्। काब्या रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीतको एरेन्ज अशोक थापाले गरेका हुन्।
पुर्व कै रमणिय ठाँउहरुमा छायाँकन भएको यो म्युजिक भिडियोको छायाँकन अम्बर कार्किले गरेका हुन् भने यसको सम्पादन ज्ञानेन्द्र कोईरालाले गरेका हुन। यस भिडियोमा शंकर चौहान र सिम्रन भारतीको बेजोड अभिनय देख्न सकिन्छ। यसको निर्देशन गायक धर्म आफैले गरेका हुन्।
यो गीतको शब्द ,संगीत तथा भिडियो पनि राम्रो बनेकाले दर्शकहरुले रुचाउने उनको विश्वास छ । उनले भने, “गीत तथा भिडियो दुवैमा आफुले धेरै मिहिनेत गरेकोले राम्रो बनेको छ जस्तो लाग्छ। तर, पनि कति कमि कम्जोरी हुन सक्छन त्यसलाई दर्शहरुले सुझाव दिन आग्रह गर्दछु्।” यस भिडियो सर्वाधिकार सर्वज्ञान फिल्मसको रहेको छ। यो म्युजिक भिडियो राम्रो चलोस र दर्शकहरुले साथ दिउन हाम्रो पनि शुभकामना छ।हेर्नुहोस पुरा भिडियोः



