https://youtu.be/6wntFYUhsWU

तारादेबी ढकालको नाम दमकमा यतिखेर चर्चामा रहेको छ । किनकि जिल्लामा मेयरमा कोहि पनि महिलाको नाम आइनरहदा उनले आफूलाइ दमकको मेयरका लागि आफ्नो आकाँक्षा रहेको बताएकीछन् । सानै उमेरदेखि आफू कम्यूनिष्ट भएको र एमालेको रगत शरिरमा बगेको बताउने ढकालले पार्टीले टिकट दिएको अवस्थामा मेयर जित्ने दाबी समेत गरेकीछन् ।

आफूलाइ पार्टीले टिकट दिनेमा आशा रहेको बताउदै नदिए पार्टीको एक बफदार कार्यकर्ताको हैसियतमा जसलाइ दिन्छ त्यसलाइ सहयोग गर्ने तर आफ्नो अहिले दाबी रहेको उनले जनाएकी हुन् । २०२९ सालदेखि बिद्यार्थी राजनीतिमा लागेको बताउने ढकाल अहिले नेकपा एमालेको जिल्ला सल्लहाकार हुन् । अखिल नेपाल महिला संघमा रहेर बिभिन्न भूमिका निर्वाह गरिसकेकीछन् ।

बुधबार सवाल नेपालमा आएर उनले महिलाहरुलाई कहि ठाँउ नदिएको बताउदै आफू मेयरको आँकाक्षी रहेको भन्दै आफ्नो मेयरमा दाबेदारी रहेको बताइन् । उनले आफ्नो सम्बन्ध राष्ट्रपति बिद्यादेबी भण्डारी देखि लिएर नेपाली राजनीतिका शिर्ष नेताहरुसम्म रहेको जनाइन् । भारतसंग समेत आफूले सम्बन्ध सुदृढ गराउन कतिपय ठाँउ र अवस्थामा भूमिका खेलेको पनि उनले बताइन । दमकलाइ बिकसित र सम्बृद्ध बनाउने योजना बोकेर महिलाहरु पनि केहिमा कमजोर छैनन् भन्ने देखाउन पनि आफू लागिपरेको उनले जनाइन् ।

अहिले जति उम्मेद्वारको घोषणा भएकाछन् र चर्चामा रहेकाछन् उनिहरुभन्दा आफू सिनियर भएको उनको दाबी रहेको थियो । सखर सबैले खाए पनि फलामको चिउरा चपाउने आँट धेरैलाइ नहुने भएकाले आफूले त्यो आँट गरेको उनको भनाइ छ । आफू दमकको रैथाने भएकाले राम्रो मत ल्याएर जित्ने पनि दाबी गरिन् । उनले सवाल नेपालमा आएर यशो भनेकीछन् हेर्नुहोस भिडियो

https://youtu.be/6wntFYUhsWU

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah