काठमाडौं– सामाजिक सञ्जाल फेसबूकका नेपाली प्रयोगकर्ताहरूको प्रोफाइल अहिले बुढो बनेको तस्वीरहरूले रंगिन थालेको छ ।
सकेसम्म आफूलाई तन्नेरी देखाउन खोज्ने साधारण मानवीय स्वभावलाई समेत चुनौती दिँदै फेसबूकमा सबैलाई कसले बुढो बनाउँदै छ ?
केहीले आफू बुढो बनेको तस्वीर अपलोड गरिसकेका छन् भने यसबारे अनविज्ञ केहीले ‘लौ न कसरी बुढो बन्ने ?’ भन्ने जिज्ञासा राखिरहेका छन् ।
तपाईंलाई पनि जिज्ञासा लागेको छ ? पक्कै पनि हुनसक्छ ।
यो सबै एउटा एपको कमाल हो । ‘फेस एप’ नामक उक्त एपमार्फत् तपाईंले आफ्नो तस्वीरलाई बुढो देखाउने मात्र होइन तन्नेरी पनि बनाउन सक्नुहुन्छ ।
त्यसैको प्रयोग गरेर अहिले सबै बुढो बनिरहेका हुन् । उक्त एपमा सामान्य तस्वीरलाई मुस्कान सहितको बनाउने, स्टाइल चेञ्ज गर्ने लगायतका सुविधा छन् ।
अधिकांश नेपाली प्रयोगकर्ताहरूले यसलाई प्रयोग गर्न थालेको हालसालै हो । विदेशमा भने केही अगाडिदेखि नै यसको चर्चा छ ।
साउन १, २०७६ मा प्रकाशित



