आश्विन ११, २०७३- उपप्रधान एवं गृहमन्त्री निधिसँग नेपाल प्रहरी, सशस्त्र र अनुसन्धान प्रमुख पनि
तीन दिनदेखि त्रिशूलीमा बेपत्ता पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजी तथा उद्धारबारे जानकारी लिन उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि चितवन गएका छन् ।
निधिसहित नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका आईजीपी दुर्जकुमार राई र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी पनि गएका छन् । निधिसहित सुरक्षा प्रमुखहरुले घटनास्थलको निरीक्षण र आवश्यक निर्देशन दिनेछन् ।
मुस्ताङमा बाबुको सोह्रश्राद्ध गरेर फर्कंदै गरेका घिमिरे र उनको परिवार चढेको गाडी आइतबार त्रिशूलीमा खसेको थियो । दुर्घटनामा आमासहित तीन जनाको मृत्यु भएको छ भने घिमिरेसहित उनका दुवै भाइ बेपत्ता छन् । गाडी चालक गम्भीर घाइते भएका छन् ।



