काठमाडौं – फ्रान्समा चलिरहेको टूर दे फ्रान्स साइकल दौड प्रतियोगितामा माउन्टेन बाइक चलाउने एक बाइकरले डाँडाको टुप्पोबाट साइकल उडाएको खतरनाक भिडियो सार्वजनिक भएको छ । भ्यालेन्टिन अनूइल्हले यो स्टन्ट गर्नका लागि ६ महिनासम्म तालिम लिएका थिए । उनले औभेर्नेको सेन्ट फ्लावर उपत्यकानजिक साइक्लिस्टहरूको टाउकोमाथिबाट साइकल उडाएका थिए ।

रोमाञ्चकारी काम गर्न रुचाउने यी व्यक्तिले सोमवार साइकल दौड प्रतियोगिताको दशौं चरणमा साइक्लिस्टरूमाथि उड्ने तयारी गरेका थिए । सामाजिक सञ्जालमा भ्यालेन्टिनका नौहजार फलोअर छन् र उनले भने, ‘गजबको फाल हालियो । साह्रो राम्रो भयो ।’

टाउकोमा राखिएको क्यामराले खिचेको क्लिपमा उनले जंगल क्षेत्रको ढिस्कोबाट साइकल उडाएको देखिन्छ । यसरी उडेर पारि पुगेपछि उनी सडकमा पुग्छन् र ५० जना साइकलचालकले यो कुरा थाहै पाउँदैनन् । टूर दे फ्रान्स असार २१ बाट शुरू भएको हो र साउन १२ सम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah