काठमाडौं – चीनको दक्षिणी भागमा एक पत्नी आफ्नो पतिसँग झगडा परेपछि कारको छतमा गएर उभिएकी छन् । मा थर भएकी महिला सडकको बीचमा रोकिएको कारको छतमा उभिएको भिडियो सार्वजनिक भएको छ । शियाङ्शीमा भएको यो घटनामा उनी कारको छतमा चार मिनेटसम्म उभिएकी थिइन् । उनको हर्कतका कारण ट्राफिकमा अवरोध पुगेको थियो ।
उनका पतिलाई पछि प्रहरीले पक्राउ गरेको थियो । घटनाको भिडियो भाइरल भएपछि प्रहरीले पति सवारी चालक अनुमतिपत्र विना नै गाडी चलाउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । घटना साउन असार २२ गते बिहान ११ बजे भएको थियो । पतिपत्नीले एसयूभीभित्र बेस्सरी झगडा गरेका थिए ।
सेतो होन्डा एसयूभी चौबाटोमा ट्राफिक लाइटमा रोकिएको बेलामा अचानक महिला कारबाट बाहिर आइन् र गाडीको अगाडि उभिइन् । लङ थर भएका पतिले उनलाई बेवास्ता गरेपछि उनी रिसाउँदै छतमा चढिन् । रिसको सुरमा उनले छतमा गोडा बजारेको देखिन्छ । ट्राफिक बत्ती हरियो भएपछि पनि महिला एसयूभीको छतमा बसिरहिन् अनि आफू र अन्य चालकहरूलाई जोखिममा पारिन् । अन्य चालकले त्यो कारबाट बचेर गाडी हाँकेको देखिन्छ । पछि चाहिँ पत्नी छतबाट ओर्लिइन् र यो जोडी अन्तै गयो । पछि चाहिँ पतिलाई लाइसेन्स नबोकेकोमा १२ सय ५० युआन जरिवाना गरियो र १४ अंक घटाइयो । पत्नीलाई चेतावनी दिएर छोडियो ।



