काठमाडौं– आजभोली हामिले विभिन्न प्रतिभा भएका ब्यक्तिहरु देख्न सक्छौ । धेरै प्रकारका प्रतिभा देखिदै आयपनी पछिल्लो समय सुमधुर आवाज बोकेर बजारमा आउने नया कलाकारहरुको होडबाजी चलिरहदा केहि कलाकारहरुको राम्रै प्रगती गरेका छन । बाल गायक अशोक दर्जी, समिक्षा अधिकारी, सम्झना श्री जस्ता धेरै ब्यक्तिहरुले प्रगती समेत गरिसकेका छन । यस्ता कलाकारहरु पनि छन जसको कुनै पनि स्थानमा सहभागिता रहन्न तर आवाज भने सुन्दा अचम्मको लाग्ने हुन्छ। हो त्यस्तै आवाज भएकी एक नव प्रतिभा हुन् गरिमा हुमागाईं।

काभ्रेमा जन्मिएकी गरिमा अहिले केहि समय यता टिकटकमा गलबन्दी गीत गाएर चर्चामा रहेकी छिन । भर्खरै १८ बर्ष पुगेकी गरिमा आफुले टिकटकमा विभिन्न भिडियोहरु पोस्ट गर्दै आएको बताउछिन । तर उनको एक गीत यति धेरै चर्चित बन्न पुग्यो कि उनले समेत कल्पना गरेकी थिईनन ।प्रकाश सपुतको गलबन्दी गीत पछिल्लो समय निकै चर्चित बनेको गीत हो । यहि गीत गाएर उनले टिकटकमा राखिन जुन अहिले ६० लाख भन्दा बढिले हेरिसकेका छन । उनको आवाज निकै उत्कृष्ट भए पछि जताततै भाइरल भएकी थिइन् । उनै गरिमा पहिलोपटक मिडियामा आएकी छिन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काभ्रेमा बिपन्न परिवारमा जन्मिएकी गरिमा अहिले १२ को परिक्षा दिएर बसेकी छिन । उनको परिवार पहिले निकै सम्पन्न थियो । दैव लाग्यो या के भनौ पछि सबै सम्पती सकिए पछि काभ्रेमा बसाई सरेका थिए । उनी आफू आधुनिक गीतमा निकै रुचि रहेको बताउछिन । गायिका बाहेक उनी १२ सक्किएपछी बायो टेक्नोलोजी पढेर नेपालमा नै केही गर्ने सोचमा रहिछन ।उनले अहिले सम्म संगीत सिकेकी रहिनछन।अब भने उनको संगीत सिक्ने योजनामा रहिछन।उनी स्कुले जिवनमा निकै दुख पाएको बताउछिन। नजिक स्कुल नभएको र भएको स्कुल पनि राम्रो नभएको कारण करिव ४५ मिनेटको बाटो हिडेर पढ्न जानुपर्थ्यो ।

https://youtu.be/orcV4VWhhCs

काठमाडौमा बसोबास गरिरहेको उनको परिवार उनी जन्मन भन्दा अगाडि उनको दिदिलाई लामखुट्टेको टोकाईबाट भएको बिरामी र त्यसपछी परेको समस्याको कारणले काठमाडौ त्यागेर काभ्रे लागेका रहेछन । काभ्रे गएपछि पनि धेरैले नपत्याउने गरेको उनी वताउछिन । उनी जन्मिएपछी पनि बुढेसकालमा जन्मिएको छोरी भन्ने गरेको पनि बताउछिन । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

https://youtu.be/Eg36xCv-lnw