स्थानीय तहको चुनाव नजिकिदै गर्दा झापाको कमल गाउपालिकामा राजनीतिक दलहरूले आफ्नो उम्मेदवारी छनोटलाई तीब्रता दिएका छन् । कमल गाउपालिका १ (साबिक तोपगाछी १, २ र ९)मा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा युवा नेता केदार कटुवाललाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय भएको छ ।
तोपगाछी २ का वडा सभापति कटुवाललाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय नेपालि कांग्रेस तोपगाछीको भेलाले गरेको हो । अध्यक्षका उम्मेद्वार कटुवाल नेपाली कांग्रेस क्षेत्रिय उपाध्यक्ष तथा तोपगाछी २ का वडा सभापति हुन । त्यस्तै उनि कमल नगर जेसिजका कार्यकारिणि उपाध्यक्ष समेत हुन ।



