झापाको कमल गाँउपालिका अन्र्तगत झापाको लखनपुर खण्डमा पर्ने समायोजनपछिका ३ वटै वडामा नेपाली काँग्रेसले वडाध्यक्षमा सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदवारहरु चयन गरेको छ । नेपाली काँग्रेसका नेता राजु न्यौपानेका अनुसार वडा नंं ५ बाट एकराज प्याकूरेल वडाध्यक्षको उम्मेदवार बनेकाछन् । तरुण दल लखनपुरका अध्यक्ष समेत रहिसकेका उनि पाटीको वडाकमिटी सभापति हुन् ।
यसैगरि वडा नं. ७ बाट बिदुर भारती वडाध्यक्षका उम्मेदवार बनेकाछन् । उनि काँग्रेस लखनपुरका सचिब रहेका थिए । उनि बाह्घरे बजार ब्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । यसभन्दा अगाडि नै वडा नं. ६ बाट प्रमोद दाहाल वडाध्यक्ष बन्ने सार्वजनिक भइसकेको छ । यो संगै काँग्रेस लखनपुर खण्डका तीनवटै वडामा उम्मेदवारको सर्वसम्मत रुपमा टुङ्गो गरिसकेको हो ।



