माओबादी केन्द्रबाट लखनपुर गाँउपालिका वडा नं. ७ बाट वडाध्यक्षको उम्मेदवार रबिन गुरुङ बनेकाछन् । युवा नेता उनले आफ्नो उम्मेदवारी एउटा कविता सहित प्रस्तुत गरेकाछन् उनको फेसबुकमा कविता र उम्मेदवारी घोषणा यस्तो छ ।

"म त चाहन्छु

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेरो लाभको निम्ति

देशमा ब्रम्हलुट मच्चाउने छुट

मैले पाउनु हुदैन।

म त चाहन्छु

मेरो स्वार्थको खातिर

देशै बन्धकी राख्ने छुट

मैले पाउनु हुदैन।

मेरो सुख र सयलको निम्ति

मेरो भोग र विलासको निम्ति

अरु कसैले नर्कको दुःख पाउनु हुदैन।

समय-समयको कुरा हो

कुनै बेला अज्ञानको हात्ती छाम्ने

समयका अन्धाहरुको पनि जुलुस निस्किन्छ।

इतिहासले प्रहसन गरेको बेला

विजेताको भेषमा लाखेजात्रा गर्ने

नटुवाहरुको पनि जुलुस निस्किन्छ

समय-समयको कुरा हो

कुनै बेला खेतबारीमा ठिङ्ग उभ्याउने

बुख्याँचाहरुको पनि जुलुस निस्किन्छ।

त्यसैले यही सोचेर

आफैंभित्र गम्न थाल्छु

केवल भीड लाग्ने

ज्युँदा पुतलाहरुको जुलुस देखेर

कसैले चित्त दुखाउन हुदैन

तालीहरु पनि पैसाले किनिने यो बेला

यालीहरु पनि भाडामा निस्किने यो बेला

छेपारो जस्तै

मौसमसँगै रङ्ग फेर्ने

बेमौसमका असचेत भीडहरु देखेर

मैले मेरा कदमहरु डगमगाउनु हुदैन।" त्यसैले यहि आउदो बैशाख ३१गते हुन गईरहेको स्थानीय निकायको निर्वाचनमा झापाको कमल गाउँपालिका (साबिक लखनपुर ५,६,७,८ र ९)वडा न.७को अध्यक्षको उम्मेद्बारी दिएको छु।