काठमाडौं – भारतमा खाना फ्याँक्ने होटल, रेस्टुराँ र बिहेघरमा खानाले पाँच लाख भारुसम्मको जरिवाना तिर्नुपर्ने भएको छ । यस कानूनको मस्यौदालाई केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय पठाइएको छ ।
भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले मस्यौदा तयार पारेको हा् । अनेकौं गैरसरकारी संगठन होटल र रेस्टुराँ अनि बिहेघरमा बढी भएको खाना गरीबहरूलाई बाँड्ने काम गर्छन् तर तिनको गुणस्तरीयताका विषयमा कुनै मानक छैन । मस्यौदामा यस विषयमा विशेष ध्यान दिइएको छ । नयाँ व्यवस्थाअन्तर्गत होटल, रेस्टुराँ र बिहेघर सञ्चालकलाई प्राधिकरणका वेबसाइटमा दर्ता गरिनेछ । त्यहाँ नै खाना बाँड्नका लागि एनजीओ अधिकृत जानेछन् ।
सबै राज्यमा खाद्य आयुक्तको अध्यक्षतामा एक समिति बन्नेछ । यो समितिले दान दिइएको भोजनको निगरानी गर्नेछ र व्यवस्थामा सुधारका लागि सुझाव दिनेछ । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार, हरेक वर्ष भारतमा एक करोड टन खाना फ्याँकिन्छ । एजेन्सी



