काठमाडौं, १३ माघ–आबुधावीका राजकुमार शेख मोहम्मद विन जायेद अल नहयान यस पटक भारतीय गणतन्त्र दिवसका मुख्य अतिथि हुन् । फेब्रुअरी २०१६ पछि राजकुमारको दोस्रो भारत भ्रमणसमेत हो ।
उनी नौ बच्चाका पिता हुन् र उनको विवाह सलामा बिन्त हमदानसँग सन् १०८१ मा भएको थियो । तर उनको विवाहमा विवाहका बारेमा सवैभन्दा महत्वपूर्ण कुरा के छ भने उनको विवाह इतिहासकै सबैभन्दा महंगो विवाहको रुपमा दर्ता भएको छ । सात दिनसम्म चलेको उनको विवाह समारोमा ११ अरब रुपैया खर्च भएको थियो ।
गिनिज बुक अफ वल्र्ड रेकर्डमा उनको विवाह सबैभन्दा महंगो विवाहको रुपमा दर्ता भएको छ । पाकिस्तानी पत्रिका डानको रिपोर्ट अनुसार राजकुमारका पिताले विवाहको दौरान कपडाका स्टेडियम बनाउने अर्डर दिएका थिए जसमा २० हजार पाहुना बस्न सकुन् ।
यस रिपोर्टका अनुसार राजकुमार ले घोडामा बसेर आफ्नो साम्राज्यको दौड गरेका थिए । शाही परम्परा अनुसार आफ्ना जनतालाई उपहार दिएका थिए । यसका साथै दुलहिलाई दिइने उपहार सुन तथा गहना बीसवटा उँटमा ल्याइएको थियो ।
आबु धाबीका राजकुमारसँगै शेख मोहम्मद संयुक्त अरब अमीरातको फौजका डिपुटु सुप्रीम कमाण्डर पनि छन् ।
फौजको बागडाेर उनका सौतेनी भाई शेख खलीफा बिन जायेद अल नहयानका हाथमा थियो ।
शेख मोहम्मद संयुक्त अरब अमीरातका संस्थापक राष्ट्रपति शेख जायेद बिन सुल्तान अल नहयानको तेस्रो छोरा हुन् ।
साल २००४ मा पिताको मृत्युपछि उनले अबुधावीका राजकुमार बनाइएका थिए । यसपछि फौजका डेप्युटी कमाण्डर पनि बनाइएको छ ।



