एजेन्सी । यदि तपाईं आफ्नो भलो चाहनुहुन्छ भने यी सात कुरा कुनै पनि हालतमा कसैलाई नबताउनुहोस् । अपमान :यदि कुनै कारणले कसैले तपाईको अपमान गरेको छ भने यस कुरालाई गोप्य राख्नु नै उपयुक्त हुन्छ । यदि तपाईले यो कुरा अर्को दोस्रो व्यक्तिलाई बताउनु हुन्छ भने दुई जनासम्म फैलिन्छ, दुईबाट चार सम्म फैलिन्छ, चारबाट चालिस जनासम्म कुरा फैलिन समय लाग्दैन । यस्तो आवस्थामा तपाई मजाकको पात्र पनि बन्नुसक्नु हुन्छ ।
सम्पत्ति :आज कुनै पनि व्यक्तिको शक्ति तथा सामर्थ्य उनको धन सम्पत्तिबाट मुल्यांकन गरिन्छ । धनको आधारमा नाता निभाइन्छ र मित्रता गरिन्छ । अर्थात कहिल्यैपनि धनको नोक्सान भयो भने त्यो कुरालाई पनि कसै सामू व्यक्त गर्नु हुन्न । तपाईको भएको धन नोक्सानको बारेमा व्यक्तिहरुले थाहा पाएपछि उनीहरुले तपाईबाट दुरी बढाउँछ । धन नोक्सानभएको कुराबाट उम्कनको लागि धनको नै आवश्यकता पर्छ र यो कुरा थाहा पाउँदासम्म कसैले पनि मद्यत गर्न मान्दैनन् ।
झगडा: अधिकांश परिवारमा प्रायः गरेर सानो तिनो कुरामा विवाद भइरहन्छ । यदि आपसमा भएको झगडालाई घरभन्दा बाहिर कसैलाई पनि बताउनु हुँदैन । यस्तो गर्नमा समाजमा परिवारको प्रतिष्ठा कम हुन जान्छ । परिवारको हित नचाहने मान्छेले हाम्रो आपसी झगडाले फाइदा उठाउँछन् ।
मन्त्र: गुरुले दिएको मन्त्रलाई पनि गोप्य राख्नुपर्छ । गुरु मन्त्र तब मात्रै सिद्ध हुन्छ जब यसलाई गोप्य राखिन्छ । मन्त्रहरु गोप्य राख्नुमा शुभ फल समेत प्राप्त हुन्छ ।
दान: गुप्त दानको विशेष महत्त्व मानिएको छ । यस्तो मानिएके छ कि, जसले गुप्त रुपमा दान गर्छन् , उनलाई अक्षय पुण्यको साथसाथै देवी देवताको कृपा बाट पनि सुख सुविधाहरु प्राप्त हुन्छन् । दोस्रोलाई बताएर दान गर्नाले पुण्य प्राप्त हुँदैन ।
पद प्रतिष्ठा :यदि हामीले कसै ठुलो पदमा छौं र समाजमा हामीलाई धेरै सम्मान मिल्छ भने यस्तो कुरालाई पनि गोप्य राख्नुपर्छ । कुनै अरु व्यक्तिको सामु यस्ता कुरा जाहेर गरेपछि यसले अहंकारको भावना उत्पन्न गर्छ । अहंकार पतनको मुख्य कारण बन्छ र तपाईंको प्रतिष्ठामा कमी आउँछ ।
रतिक्रिया :महिला पुरुषबीचको रतिक्रिया (यौनसम्बन्ध) को बारेमा एकान्तको विशेष ध्यान राख्नुपर्छ । यो काममा जोडिएको कुरा गोप्य राख्नु नै उपयुक्त हुन्छ । यदि यो कुरा अरुलाई जानकारी भएमा यसले हाम्रो चरित्र र सामाजिक जीवनको लागि राम्रो मानिँदैन ।



