काठमाडौं– बुधबार नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ६५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साउन ५ गतेयता छापावाल सुनको भाउ यही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै बुधबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चाँदी भने बुधबार तोलामा ७७५ मा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ७६५ मा कारोबार भएको थियो ।