हामीले विलासी होटलका मोटो बिलबारे त सुनेको वा भोगेका छौं होला । तर बलिउड नायक राहुल बोसमाथि जे भयो त्यो थाहा पाएपछि सबैजना चकित छन् । उनले एक पाँचतारे होटलमा दुईवटा केरा खाए । दुईवटा केराका लागि बिल थियो ४ सय ४२ भारु । राहुलले यसबारे ट्वीटरमार्फत् जानकारी दिए । राहुलले भिडियो सुट गरेर आफू तत्काल सुटिङका लागि चन्डीगढमा भएको र त्यहाँको जेडब्ल्यू म्यारियोट होटलमा बसेको बसेको जानकारी दिए ।

भिडियो पोष्ट गर्र्दै उनले लेखे, ‘यो विश्वास गर्नका लागि तपाईंले यो हेर्नुपर्छ । फलफूलले तपाईंको अस्तित्वमा क्षती पुर्याउँछ भनेर कसले भन्छ ? जेडब्ल्यू म्यारियोट चन्डिगढलाई सोध्नुहोस् । ’ भिडियोमा राहुलले आफू जिममा वर्कआउट गरिरहेको र यतिबेला उनले दुईवटा केरा अर्डर गरेका थिए । उनले अर्डर गरेको कुरा त कोठामा आइपुग्यो तर केरासँगै जुन बिल आयो त्यो हैरान गरिदिने किसिमको थियो ।

 

राहुलको यो भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ । सोसल मिडिया प्रयोगकर्ताले विलासी होटलको मनपरी मूल्यमाथि प्रश्न उठाइरहेका छन् । सियाक्सकेप नामका एक ट्वीटर प्रयोगकर्ताले लेखे, ‘मलाई थाहा थिएन कि सेलिब्रिटी ट्याग यो मूल्यसहित आउँछ ।’ यस्तै, असिम यादवले लेखे, ‘यदि तपाईंले बनाना शेक मगाउनुभएको भए त यसको मूल्य नयाँ सार्वजनिक भएको आइफोनको मूल्य बराबर हुन्थ्यो ।’

 

वरुण अत्रीले लेखे, ‘प्रश्न यो छ कि के उनीहरुले अष्ट्रेलियाबाट केरा निर्यात गरेका थिए ।’ ऋषिकेशले लेखे, ‘तपाईंले यो भिडियो सेयर गरेर राम्रो गर्नुभयो । कम्तिमा हामीलाई यो थाहा भयो कि भविष्यमा हामी कहाँ नजाने ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah