पथरी, चैत २/ विरेन्द्रनगर क्रिकेट क्लबले आगामि आइतबारबाट संचालन गर्न लागेको माता महालक्ष्मी अण्डर १९ इमर्जिङ कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । ‘युवा खेलाडीलाई अवसर, दुर्व्यसन नियन्त्रणमा युवाको भर’ भन्न मुल नाराका साथ प्रतियोगिता संचालन गर्न लागिएको क्लबका अध्यक्ष राजेश कुईकेलले जानकारी दिए ।
‘ क्रिकेटमा प्रतिभा भएर पनि स्थान नपाएका यूवा खेलाडीहरुलाई अझ अघि बढ्ने अवसर मिलोस भन्ने क्लबको चाहाना हो ’ कुईकेलले भने । उनले युवा पुस्तालाई खेलको माध्यमबाट दुर्व्यसनबाट टाढा राख्ने प्रयास समेत रहेको बताए ।
विरेन्द्रनगर क्रिकेट क्लबमा आवद्ध तथा त्यस आसपासका १९ वर्ष मुनिका खेलाडिहरुलाई समेटर गर्न लागिएको प्रतियोगिताको विजेता टोलीलाई नगद १० हजार रुपैयाँ सँगै ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने प्रतियोगिता संयोजक मुकेश राईले बताए ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्समेर र उत्कृष्ट फिल्डरका साथै हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत पुरस्कृत गर्ने राईले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शनग गर्ने खेलाडीहरुलाई सिनियर टोलीमा सहभागिता गराउने क्लबका खेलकुद उपसमिति संयोजक दिलिप अधिकारीले बताए ।
आइतबार बाट सुरु हुने प्रतियोगिता विहीबार सम्म संचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah