नेपाली काँग्रेस दमकले स्थानीय तहको निर्वाचनमा दमकबाट वडाध्यक्ष चयन शुरु गरेको छ । केहि वडाबाट सर्वसम्मत रुपमा एकजनाको मात्र नाम आएको बताईएको छ । नेपाली काँग्रेस श्रोतका अनुसार दमकको वडा नं. १० बाट देबीप्रसाद दाहाल र वडा नंं ३ बाट महेन्द्रसिंह निरौलाको नाम सर्वसम्मत रुपमा सिफारीस भएको जनाईएको छ । नेपाली काँग्रेस क्षेत्रिय प्रतिनिधि नगेन्द्रमणि न्यौपानेका अनुसार दमक १० का वडा भेलालाइ दाहाललाइ सर्वसम्मत वडाध्यक्षमा सिफारीस गरेको हो । दाहाल दमक बहुमुखि क्याम्पसका ब्यवस्थापन समितिका अध्यक्ष हुन् । नेपाली काँग्रेस झापाको कोषाध्यक्ष समेत भइसकेका ब्याक्ति हुन् । अन्य वडाहरुमा सर्वसम्मतको प्रयास भइरहेको नेपाली काँग्रेस नगर समितिका सभापति रोशन बिष्ठले बताउनु भयो ।
दमकमा नेपाली काँग्रेसबाट वडा नंं १० मा देबीप्रसाद दाहाल र ३ मा महेन्द्रसिंह निरौला वडाध्यक्षको उम्मेदवारमा सिफारीस

सवाल नेपालसंवाददाताशुक्रबार, २३ चैत २०७३

दमकमा नेपाली काँग्रेसबाट वडा नंं १० मा देबीप्रसाद दाहाल र ३ मा महेन्द्रसिंह निरौला वडाध्यक्षको उम्मेदवारमा सिफारीस
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०


