काठमाडौं – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दोस्रो विश्वयुद्धमा डुबेको एक सोभियत पनडुब्बी हेर्नका लागि सबमर्सिबल (सानो पनडुब्बी) मा बसेर गल्फ अफ फिनल्यान्डको पिँधमा पुगेका छन् । श्चुका क्लास पनडुब्बी श्च–३०८ सन् १९४२ को अक्टोबरमा गोगल्यान्ड टापुनजिक डुबेको थियो ।
पुटिन सी–एक्सप्लोरर ३.११ सबमर्सिबल नामक पनडुब्बीमा बसेको तस्वीर सार्वजनिक भएको छ । विश्वयुद्धमा डुबेको पनडुब्बी सन् २०१८ को सेप्टेम्बर महिनामा पत्ता लागेको थियो र त्यो बोल्शोइ ट्युटर्स टापुभन्दा उत्तरमा रहेको समुद्रको पिँधमा थियो । जर्मनले ओछ्याएको बारुदमा ठोकिएपछि त्यो पनडुब्बी डुबेको र त्यसका ४० कर्मचारी मारिएको विश्वास गरिन्छ ।