काठमाडौं – बेलायतका एक विमानयात्रु एडवर्ड मोन्गनले रिसको सुरमा आफ्नी पत्नीको मुखमा थुकिदिएपछि विमानका पाइलटले आकस्मिक अवतरण गराएका छन् । थुक्ने यात्रुलाई ८ लाख रुपैयाँको जरिवाना तिराइएको छ ।  विमान आन्ध्र महासागरमाथि उडिरहँदा मोन्गनले पत्नीसँग बेस्सरी झगडा गरेका थिए ।

 

विमान बेलायतबाट मेक्सिको जाँदै थियो । विमानचालकलाई झगडा बढेपछि चिन्ता लाग्यो अनि उनले बर्मुडाको टापुमा आकस्मिक अवतरण गराए । पतिपत्नीबीच झगडा कसरी शुरू भयो भन्ने कुरा थाहा हुन सकेको छैन । तर मोन्गनले पत्नीलाई गाली गरेको चाहिँ सुनिएको थियो । टीयूआई एयरवेजमा अघिल्लो आइतवार यो घटना भएको हो । मोन्गनले पत्नीसँग प्रयोग गरेको भाषाका बारेमा क्याबिन म्यानेजर यान मारी इभान्सले कुरा गर्न खोज्दा उनले भने, ‘भाग् । मेरा आँखाबाट टाढा भइजा ।’

 

बर्मुडाको राजधानी ह्यामिल्टनको एक अदालतका मजिस्ट्रेटहरूले मोन्गनलाई ८ लाख रुपैयाँको जरिवाना तिर्न लगाएका छन् । मोन्गनले धाकधम्कीयुक्त व्यवहार देखाएको, विमान कर्मचारीमाथि हस्तक्षेप गरेको र अभद्र भाषाको उपयोग गरेको आरोप स्वीकारेपछि जरिवाना लगाइएको हो । मोन्गनले पत्नीलाई थुकेर विमान कर्मचारीलाई जान भनेपछि आफू पछिल्तिर गए अनि अर्का विमान कर्मचारीसँग झर्कोफर्को गरे र अझै अर्का विमान कर्मचारीलाई धकेले । बर्मुडाबाट उक्त विमान मेक्सिकोको कानकुनतिर गयो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah