काठमाडौं – क्रोएसियाको सिबेनिकमा लोकप्रिय बन्जी जम्पिङ स्पटका रूपमा रहेको १३० फीट अग्लो पुलबाट हाम्फाल्ने व्यक्तिको कम्मर भाँचिएको छ । घटनाको भिडियो उनका साथीले खिचेका हुन् । सुन्तला रंगको कट्टु र कालो टीशर्ट लगाएका व्यक्तिले हाम्फाल्नुअघि पुलमा ओहोरदोहोर गर्दै साथीसँग कुराकानी गरेका थिए ।उनले सुरक्षा डोरी नलगाइकनै हाम्फालेका थिए ।
पानीमा हाम्फालेपछि उनी डुबेनन् र किनारातिर पौडिँदै आउन सफल भए । उनलाई तटरक्षकले उद्धार गरेर अनि अस्पताल पुर्याइयो । हाम्फाल्नुअघि उनले साथीलाई यस विषयमा घमण्ड गरेको एक प्रत्यक्षदर्शीले बताए । प्रहरीले यो आत्महत्याको प्रयास नभएको बतायो तर उनी नसामा थिए कि थिएनन् भन्ने पुष्टि गरेको छैन । भिडियो सामाजिक सञ्जालमा राखिएपछि प्रयोगकर्ताहरूले हाम्फाल्ने व्यक्ति र भिडियो बनाउने व्यक्ति दुवैलाई गाली गरेका छन् । पहिचान नखुलाइएका व्यक्तिको कम्मर भाँचिएको क्रोएसियन पत्रिका डनेभोले लेख्यो ।