काठमाडौं । मानव दुध बैंक स्थापनाको माग गर्दै सर्बोच्च अदालतमा रिट परेको छ ।

नेपालका बालबालिकाको पोषणको अवस्थामा सुधार ल्याई कुपोषण र बाल मृत्युदरमा कमी गर्दै स्वस्थ्य पुस्ताको निर्माण गर्नको लागि यथाशिघ्र मानव दुध बैंकको स्थापना र संचालन आवश्यक भएको महसुस गरी सर्बोच्च अदालतमा रिट हालिएको निवेदक अधिवक्ताहरुले बताएका छन् ।

यस्तो बैंक स्थापनाले अनाथ बालबालिका, रोगी आमाबाट जन्मिएका, महिना नपुगी जन्मेका, जन्मँदा कम तौल भएका, कुनै कारणले बिरामी परेको वा सामान्य अवस्थाको नवजात शिशुलाई पनि तत्काल आमाको दुध दिनुपर्छ । तर जन्मदिने आमाको तत्काल मृत्यु भएमा वा रोगी आमा भएमा नवजात शिशुलाई गाई भैंसीको दुध दिनु स्वास्थ्यका दृष्टिले उपयुक्त नहुने हुँदा मानव दुध बैंक आवश्यक परेको निवेदक अधिवक्ताहरुले उल्लेख गरेका छन् ।

‘मानव दुध बैंक स्थापना र संचालन सम्बन्धी निर्देशिका बनाई उपयुक्त र आवश्यक स्थानहरुमा तत्काल मानव दुध बैंकको स्थापना गर्नु भनी विपक्षीहरुका नाममा परमादेशको आदेश जारी गरिपाउँ’ निवदेनमा भनिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई विपक्षी बनाई यो रिट दर्ता भएको छ ।
सर्बोच्चमा निवेदन दिने अधिवक्ताहरुमा निरञ्जन उप्रेती, अधिवक्ता राजु शाक्य, अधिवक्ता श्रेया उप्रेती, अधिवक्ता आरोही श्रेष्ठ, अधिवक्ता अबिशी दाहाल, नर्स कृपा वाग्ले, ल्याव टेक्निसियन सपना न्यौपाने, कुन्दन कुशवाहा र डिचेन गुरुङ्ग छन् ।

यो रिट निवेदनमाथि आज प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणाको पूर्ण इजलाशमा सुनुवाई भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah