
दमक/उद्योग बाणिज्य संघको भदौमा हुने निर्वाचनमा सदस्य पदमा भेनस श्रेष्ठको उम्मेदवारी रहने भएको छ । बस्तुगत संघको तर्फबाट मोवाइल ब्यवसायीको प्रतिनिधित्व गर्दै उनि सदस्य उम्मेदवार बन्ने भएकाहुन् ।
मोवाइल ब्यवसायी संघ दमकका सचिब खेम सापकोटाका अनुसार संघको बैठकले सर्वसम्मत रुपमा अध्यक्ष भेनस श्रेष्ठलाइ सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो । यसको प्रचारको संयोजकको जिम्मेवारी कविन श्रेष्ठले पाएकाछन् ।