काठमाडौं । बिगत लामो समयदेखि कतारलाइ आफ्नो कर्मथलो बनाइ विभिन्न सामाजिक कार्यहरुमा सक्रिय एनआरएनए कतारका वर्तमान प्रथम उपाध्यक्ष तेज कटुवालले एनआरएनए एनसीसी कतारको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ एनआरएनए एनसिसि कताको आगामी कार्यकाल सन् २०१९–२०२१ का लागी कटुवालले उम्मेदवारी घोषणा गरेका हुन ।
आउँदो २३ अगष्ट २०१९ मा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आठौं राष्ट्रिय महाधिवेशन हुने भएको छ । संयोजक मोरङ सुनसरी सेवा समाज कतारको पुर्व अध्यक्ष तथा सल्लाहकार भै सकेका कट्टुटवाल भोजपुर सेवा समाज कतारको बिशेष सल्लाहकार समेत रही सकेका छन । यस्तै खस क्षत्री सेवा समाज दोहा कतारको बिशेष सल्लाहकार र प्रवासी कटुवाल सेवा समाजमा रहेर विभिन्न सामाजिक कार्यक्रममा योगदान पुर्याएका छन् ।
गैरआवासीय नेपाली संघ कतारको नेतृत्व गरेर कतारको नेपाली समाजमा एउटा स्वर्णिम अध्याय थप्ने आफ्नो आकांक्षासहित अध्यक्षको उम्मेदवारी घोषणा गरेको कटुवालले बताए ।
एनआरएनए कतारमा कट्टुवालले आफ्नो उम्मेदवारी दावी गरे पछि आफ्नो कार्यकालमा गर्ने बिभिन्न १० कार्ययोजना हरू पनि सार्वजनिक गरेका छन । सधै श्रमिकहरुको हकहितको लागी काम गर्ने उनको भनाइ छ ।









