काठमाडौं, साउन २० । सोमबार सुनको भाउ उच्चदरले उकालो लाग्यो । यसदिन अन्तर्राष्ट्रिय बजारलाई पच्छयाउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेर तोलाको ६७ हजार ८०० रुपैयाँमा कारोबार भयो । सुनको मूल्य आइतबार पनि तोलामा ५०० ले बढेर तोलाको ६६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

‘चीन–अमेरिकाबीच बढ्दो विवाद नै मुख्य कारण’

चीन र अमेरिकाबीच बढ्दो व्यापारिक विवादलगायतका कारण पछिल्लो समय सुनको भाउमा उच्च वृद्धि आएको विश्लेषण व्यवसायीहरुको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष्य तेजरत्न शाक्य पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्नुमा चीन र अमेरिकाबीच बढ्दो विवाद नै मुख्य कारण रहेको दाबी गर्छन् । यस्तै अवस्था रहे मूल्य अझै आकाशिनसक्ने उनको आँकलन छ ।

 

कारोबार सुस्तायो

सुनको मूल्यवृद्धिसँगै स्थानीय बजारमा कारोबार भने सुस्ताएको व्यवसायीहरुको भनाइ छ । यतिखेर पुराना गरगहना बिक्री गर्ने ग्राहकहरुमात्र आउने गरेको तर नयाँ गहना बनाउने ग्राहकहरु उल्लेख्यदरले घटेको उनको भनाइ छ । नयाँ गहना बनाउन नआएकाले सुनको माग घटेको छ । औसत दिनका तुलनामा यतिखेर २५ प्रतिशत पनि कारोबार हुन मुस्किल परेको शाक्य बताउँछन् । सोमबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर तोलामा ७९५ रुपैयाँमा कारोबार भयो । अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १४ सय ६९ डलर हाराहारीमा कारोबार भएको थियो । इमेज खबर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah