#

घरमा पैसा पठाउँदा फाइदा, विदेशी मुद्राको भाउ उकालो लाग्दै

  सवाल नेपाल   २०७६ श्रावण २३, बिहीबार ११:२१ मा प्रकासित

काठमाण्डौ – यो हप्ता लगातार विदेशी मुद्राको भाउ बढिरहेको छ । बिहीबार पनि केही कतारी रियाल बाहेक सबै विदेश मुद्राको भाउ बढेको छ । भाउ बढिरहेका बेला विदेशबाट पैसा पठाउँदा फाइदा हुन्छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा थियो ।

 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको थियो।यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा रहेको थियो ।

 

बिहीबार यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा पुगेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा थियो ।मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ ०१ पैसा र बिक्रीदर २७ रुपैयाँ १५ पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा रहेको थियो ।

 

आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा थियो । आज कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९१ पैसा छ । हिजो खरिददर ३७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४५ पैसा रहेको थियो । यस्तै बहराइन दिनार १ को खरिददर ३ सय रुपैयाँ ०६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा रहेको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...