काठमाडौं । नेपालको इतिहासमै सुनको भाउले उच्च रेकर्ड बनाएको छ। हिजो एकैदिन १५ सय बढेर ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आजपनि ५ सय रुपैयाँ बढेर ७० हजार पुगेको छ।

साताको दोस्रो दिन सोमबार प्रतितोला १५ सय रुपैयाँ बढेर ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ६८ हजार रुपैयाँमा कारोबार भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँ तथा चाँदी ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो तेजावी सुन ६९ हजार ७ सय रुपैयाँ तथा चाँदी ७९५ रुपैयाँमा कारोबार भएको थियो। आज पनि सुनको भाउ अहिलेसम्मकै उच्च हो भने आज चाँदीले पनि उच्च रेकर्ड बनाएको छ। सुन काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने केही बढी पर्न सक्नेछ।