चुनावका बेला नेताहरू विभिन्न वाचा गर्छन्। चुनाव जितेपछि भने सबै बिर्सन्छन्। चुनावी प्रतिबद्धता बिर्सने एक जना मेयरलाई मेक्सिकोका नागरिकले पाठ पढाएका छन्। उनीहरूले उनलाई महिलाको लुगा लगाउन लगाएर शहर घुमाए।

गत हप्ता ह्विक्सटान प्रदेशमा रहेको सान आन्ड्रेस पोर्टो रिको शहरका मेयर जाभिइर जिमेनेजलाई नगरवासीले केही दिनसम्म महिलाको भेषमा शहर घुम्न बाध्य पारेका थिए।

गाढा कालो रङको लामो स्कर्ट र सेतो ब्लाउज लगाएर आक्रोशित शहरवासीका अगाडि मेयर जिमेनेज हिँडेका थिए। एक जना नगर अधिकारी लुइस टनले उनलाई साथ दिएका थिए, जो गुलाबी रङको महिला पहिरनमा सजिएका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार चुनावताका जिमेनेजले शहरको खानेपानी प्रणालीमा सुधार गर्न करिब १ लाख ५८ हजार डलर बजेट छुट्याउने वाचा गरेका थिए। तर, यो रकम उनी आफैँले हिनामिना गरेको आरोप लगाइएको छ। महिलाको पोशाकमा शहर घुम्न बाध्य पारिएका मेयरले भने आफू निर्दाेष भएको दाबी गरेका छन्।

रिसाएका नगरवासीले हातमा सरकारको असफलतामाथि खेद प्रकट गरिएका प्लेकार्ड बोकेका थिए। अँध्यारो मुख लगाएर शहर घुमेका मेयर जिमेनेजले शहरवासीलाई आफूले काम गर्न खोजेको बताइरहेका थिए। तर, उनीहरू भने मेयरलाई गाली गरिरहेका थिए।

मेक्सिकोमा जनप्रतिनिधिलाई यसै गरी महिलाको पोशाक लगाउन बाध्य पारेर लज्जित तुल्याउने पुरानो परम्परा छ। धेरैले मेयरलाई कारबाहीस्वरूप महिलाको भेष धारण गर्न लगाएबापत शहरवासीको प्रशंसा गरे पनि केही आलोचक भने राजनीतिक नेताको विरोध गर्ने यो शैली अपरिपक्व भएको बताइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah