भारतको मध्यप्रदेशमा उज्जेनको जिल्ला अस्पतालमा एक सिभिल सर्जनलाई सहकर्मी नर्स मानिएकी एक महिलालाई चुम्बन गरेको मामलामा पदबाट बर्खास्त गरिएको छ ।

ती सिभिल सर्जन र नर्सको चुम्बन गरिरहेको भिडियो सोसल मिडियामा भाइरल भएपछि उनीहरुलाई पदबाट हटाइनुपर्ने माग अत्यधिक बढेको थियो । यसमा तत्काल कारवाही गर्दै उज्जेन जिल्लाका ‘कलेक्टर’ ले डाक्टरलाई पदबाट बर्खास्त गरेका छन् ।

‘मैले उनलाई जिल्ला अस्पतालको सिभिल सर्जनको पदबाट हटाएको छु,’ कलेक्टर सशांक मिश्राले पिटिआईलाई जानकारी दिए ।

ती सिभिल सर्जनको सट्टामा डा. पिएन वर्मालाई नियुक्त गरिएको उनले जानकारी दिए ।

अपरेशन थिएटरमा चुम्बन गरेको घटना सार्वजनिक भएपछि जिल्लाका मुख्य चिकित्सा एवं स्वास्थ्य अधिकारी डा. मोहन मालवीयले घटनालाई निकै गम्भीरतापूर्वक लिएको र यसको अनुसन्धानको आदेश दिइएको जानकारी दिए ।

जिल्ला स्वास्थ्य अधिकारी डा. मोहन मालवीयले भिडियोमा देखिएकी महिला अस्पतालकी नर्स भएको र उक्त चुम्बन अपरेशन थिएटरभित्र गरिएको उनले बताए । महिलासँग सोधपुछ भइरहेको बताइएको छ ।

यो पनि,

आमाको पेटभित्र नै जब दुई बच्चा मुक्कामुक्की गरेपछि…..(भिडियोसहित)

आमाको गर्भमा रहेका जुम्ल्याहा बच्चाको लडाईँ अल्ट्रासाउण्डमा देखिएपछि सो भिडियो भाइरल भएको छ । आमाको पेटमा जुम्ल्याहा बच्चा छन् भन्ने थाहा हँदा एक बाबु पक्कैपनि धेरै खुसी हुन्छन् तर यदि तपाईलाइ यो थाहाँ भयो कि ति बच्चाहरुले यस धर्तीमा जन्मिनु भन्दा पहिलानै लडाई सुरु गरेको सुन्दा तपाईको प्रतिक्रिया के हुन्छ ? यो सुन्दा पक्कैपनि अचम्म लाग्न सक्छ ।

सोसल मिडियामा अहिले एउटा यस्तै भिडियो भाइरल भएको छ । सो भिडियोमा शिशु स्क्यान गर्दाको हो जसमा जुम्ल्याहा बच्चाहरु लडेको देखिएको छ । यो भिडियो चीनकी एक महिलाको अल्ट्रासाउण्डका बेला रेकर्ड गरिएको थियो जसलाई अघिल्लो वर्ष शेयर गरिएको थियो ।

महिलाको गर्भमा जुम्ल्याहा बच्चा थिए र गर्भ चार महिना पुरा भइसकेको थियो । अल्ट्रासाउण्ड स्क्यान भिडियोमा दुवै भ्रुणले एक अर्कालाई लात हानेको र हातले हानेको देखिएको छ । बच्चाको हुनेवाला बाबुले यस भिडियोलाई सोसल मिडियामा शेयर गरेका हुन् र यो हालेको केहिँ समयमा नै भाइरल भयो । हुनेबाला बाबु यो भिडियो हेरेर एकदम खुसी भएको जनाएका छन् ।

सोसल मिडियामा भाइरल भएको यस भिडियो एक वर्ष अघि हालिएको थियो । यो भिडियो एक वर्ष पुरानो भएको छ भने सो बच्चाहरुको अहिले जन्म पनि भइसकेको छ ।

यो भिडियो अहिलेपनि सोसल मिडियामा हिट छ र यसलाई २.५ मिलियन पटक हेरिसकिएको छ । यो भिडियोमा ८० हजार भन्दा धेरै कमेन्ट्स गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah