(नारायण न्यौपाने)

काठमाडौँ, २७ चैत । लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको स्थानीय तहको आगामी वैशाख ३१ गते हुने निर्वाचनलाई महाअभियान र उत्सवकै रुपमा हेरिएको छ ।  स्थानीय तहका रुपमा रहेका चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकामा एकै चरणमा निर्वाचन हुँदैछ ।

सो निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार ८२ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । तीमध्ये ७० लाख ६९ हजार सात सय १४ पुरुष, ६९ लाख ८४ हजार छ सय २५ महिला र एक सय ४३ तेस्रो लिङ्गी छन् ।

विसं २०७३ फागुन ९ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्रै स्थानीय तह निर्वाचनमा मताधिकारको प्रयोग गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले स्थानीय तहको निर्वाचनका लागि एक करोड ५४ लाख मतपत्र छाप्ने छ । हालसम्म ५५ जिल्लाको मतपत्र छापिसकेको बताइएको छ । त्यस्तै ५५ लाख मतदाता परिचयपत्र पनि तयार भइरहेको छ । हालसम्म मतदान केन्द्रको यकिन गरी नसकिए पनि करिब त्यो सङ्ख्या करिब २१ हजार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah