काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। गत साता लगातार बढेर ७० हजार रुपैयाँमा उच्च रेकर्ड बनाएको सुनको भाउ बिहीबारदेखि स्थिर छ ।

आज छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँ तथा तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज सुनसँगै चाँदीको भाउपनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय