#

यसकारण विवाहपछि मोटाउँछन् युवतीहरु…

  एजेन्सी   २०७६ श्रावण २८, मंगलवार १५:२३ मा प्रकासित

हाम्रो समाजमा पातली युवतीहरु पनि विवाह गरेपछि मोटाउँछन् भन्ने हल्ला चल्ने गरेको छ । केहीको हदसम्म यो साँचो निस्किएको पनि छ । धेरै पातली युवतीहरु विवाह भएपछि मोटाएका पनि छन् । यसका पनि केही कारणहरु रहेका छन् ।

फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ । यस्तै एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ वर्ष्भित्र करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ । विशेषज्ञका अनुसार तौल बढ्नुमा हाम्रो परिवर्तित जीवनशैली र बडी चेन्ज नै हो ।

१.हर्मोनको चेन्ज – विवाह पछि हाम्रो दैनिकी र जीवनशैली पुरै परिवर्तन हुन्छ । जसका कारण शरीरका हर्मोनहरु पनि परिवर्तन हुन्छन् । जसका कारण तौल बढ्न सक्छ ।

२.निन्द्रा नपुग्नु – विवाहपछि पक्कै पनि धेरै काम गर्नुपर्ने हुन्छ । जसका कारण हाम्रो निन्द्रा पुग्दैन । अध्ययनका अनुसार दैनिक ७–८ घण्टा राम्रोसँग नसुत्दा शरिरको मेटाबोलिजम कम हुने गर्दछ जसले तौल बढ्ने गर्दछ ।

३.तनाव – विवाह पछि जीवनमा आएको परिवर्तनका कारण मानिसहरु तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढ्ने गर्दछ ।

४.सोचमा परिवर्तन – मानिसहरु विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् तर विवाह पछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरु छुट्ने गर्दछ जसले तौल बढ्छ ।

५.दैनिकिमा परिवर्तन – एक्लै हुँदा हामी जसरी आफ्नो शरीर फिट राख्न सक्छौँ । विवाहपछि भने त्यो सम्भव हुँदैन । धेरै कुराहरुमा ध्यान दिनुपर्ने भएकाले हामीले आफ्नो राम्रोसँग केयर गर्न पाउँदैनौँ । त्यस्तै मानिसहरु व्यायमको लागि समय निकाल्न सक्दैनन् । शारिरिक रुपमा निष्क्रिय हुने भएका कारण तौल बढ्ने गर्दछ ।

६.उमेरको असर – आजकाल धेरैजसो मानिस २८–३० वर्षमा सेटल भएपछि विवाह गर्दछन् । जबकी अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरिरको मेटाबोलिजमको रेट कम हुन्छ जसका कारण तौल बढ्छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु