#

सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ? हेर्नुहोस

  सवाल नेपाल   २०७६ श्रावण २९, बुधबार १२:०८ मा प्रकासित

काठमाडौं । अघिल्लो सातादेखि निरन्तर उकालो लागेर उच्च रेकर्ड बनाएको सुनको भाउ आज (बुधबार) भने ओरालो लागेको छ। हिजो एक हजार रुपैयाँ बढेर तोलाको ७१ हजार रुपैयाँ पुगेको सुनको भाउ आज ७ सय रुपैयाँ घटेर ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

त्यस्तै आज तेजावी सुनको भाउ पनि ओरालो लागेको छ । आज तेजावी सुन ७० हजार रुपैयाँ र चाँदी प्रतितोला ८२० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तेजावी सुन ७० हजार ७ सय रुपैयाँ तथा चाँदी ८३५ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी