#

यी बैंकमा सबैभन्दा सस्तो ब्याजमा ऋण !

  पत्रपत्रिका   Wednesday, August 14, 2019

गत आर्थिक वर्ष (२०७५/०७६) बैङ्कको लागि कस्तो रह्यो र वित्तीय सूचकाङ्कको अवस्थामा के–के सुधार भए भनेर बैङ्क तथा वित्तीय संस्थाले आफ्नो चौमासिक वित्तीय विवरण प्रकाशित गरिरहेका छन ।बैङ्कहरुले प्रकाशित गरेको वित्तीय विवरणको आधारमा हामीले कुन बैङ्कले सस्तोमा ऋण दिएलान् भनेर केलाउन खोजेका छौँ ।

 

ऋणको ब्याजदर निर्धारण हुने मुख्य आधार भनेको बेस रेट (आधार दर) हो । बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋणको न्युनतम ब्याजदर कति हुनुपर्छ भन्ने संकेत आधारदर हो । राष्ट्र बैङ्कको नियम अनुसार राख्नुपर्ने तरलता, निक्षेपकर्तालाई दिने ब्याज, बैङ्कका कर्मचारीको तलब भत्ता, बैङ्क सञ्चालनका लागि लाग्ने घरभाडा लगायतका खर्च धान्ने गरी बैङ्कहरुले ब्याजदर निर्धारण गर्छन् । सो ब्याज कतिसम्म भयो भने बैङ्कलाई घाटा हुदैन भनेर निकालिने हिसाब आधारदरको गणना विधि हो ।

असार मसान्तसम्मको अवस्थालाई हेर्दा अहिले सबैभन्दा सस्तो ऋण पाइने बैङ्कमा स्ट्याण्डर्ड चार्टड बैङ्क र नेपाल बैङ्क देखिएका छन् । किनभने उनीहरुको आधारदर सबैभन्दा कम छ । यस्तै नबिल बैङ्क, एभरेष्ट बैङ्क, मेगा, सानिमाबाट पनि अन्य बैङ्कको तुलनामा कम ब्याजमा ऋण पाउन सक्ने अवस्था देखिन्छ ।

स्ट्याण्डर्ड चार्टडको आधारदर ७.६३ प्रतिशत छ भने नेपाल बैङ्कको ७.९८ प्रतिशत छ । अन्य बैङ्कहरुको भने आधारदर बढी छ । हाल नेपालमा २८ वटा वाणिज्य बैङ्क अस्तित्वमा छन् । त्यसमा १८ वटा वाणिज्य बैङ्कले प्रतिवेदन प्रकाशित गरिसकेका छन् । यसमा प्रायः बैङ्कले नाफा कमाएको वित्तीय विवरण दिएका छन् ।

 

सबैभन्दा कम खराब कर्जा सानिमा, स्ट्याण्डर्ड र एभरेष्टको

अधिकांश बैङ्कको खराब कर्जा न्युन छ । बैङ्कले निश्चित समयका लागि भनेर दिएको ऋण तोकिएको समयमा उठेन भने त्यसलाई नन पर्फमिङ लोन (एनपिएल) अर्थात खराब कर्जा भनिन्छ । ५ प्रतिशत भन्दा बढी खराब कर्जा भएको बैङ्कलाई जोखिमयुक्त मानिन्छ । खराब कर्जाका हिसाबले नेपाली बैङ्कहरु जोखिम मुक्त छन् भन्ने उनीहरुको एनपिएलले देखाउँछ । सबैभन्दा बढी कृषि विकास बैङ्क, नेपाल बैङ्क, एनसीसी बैङ्कको खराब कर्जा छ । कृषि विकासको २.९०, नेपाल बैङ्क २.५८ र एनसीसी बैङ्कको २.७८ प्रतिशत छ ।

स्रोत : सम्बन्धित बैङ्कले प्रकाशित गरेको वित्तीय विवरणमा आधारित

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading...

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु