#

दोहामा नेपालीमाथी सांघातिक आक्रमण, एक को ज्यान गयो

  एजेन्सी   २०७६ श्रावण २९, बुधबार २१:२२ मा प्रकासित

कतारको दोहास्थित जैदा पार्कमा नेपालीमाथी आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ जैदा पार्कमा अर्को समुहको आक्रमणमा परि सुनसरीका एक युवाको घटनास्थलमै मृत्यु भएको हो ।

 

कतारस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सुनसरीका तरवेज अन्सारी रहेका छन् । घटनामा पाँच जना घाइते भएकोमा एकको अवस्था गम्भिर रहेको छ । उमर अन्सारीको गम्भिर अवस्थामा हमाद अस्पतालमा उपचार भईरहेको छ । यसैगरी इव्राहिम अन्सारी र नौसाद अन्सारी घाइते भएपनि उनिहरुको अवस्था खतरामुक्त रहेको छ । यसैगरी घटनालगत्तै प्रहरीले पक्राउ गरेका अकवर मिया र महसुद अन्सारीलाई भने राजदूतावासको रोहवरमा हिरासत मुक्त भएका छन् ।

कतार प्रहरीले घटनामा संलग्न केहीलाई पक्राउ गरेको जानकारी दिएपनि उनिहरुको परिचयभ ने खुलाएको छैन । घटना किन कसले गरायो भनेर खुल्न सकेको छैन । यसैविच दूतवासले अनावश्यक भिडभाड हुने क्षेत्रमा अत्यावश्यक कामबाहेक नजान आग्रह गरेको छ । जानै पर्ने भए आवश्यक सतर्कता अपनाउन कतारबासी नेपाली समुदायलाई आग्रह समेत गरेको छ । जनता टाइम्स बाट साभार

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

सम्बन्धित शीर्षकहरु