काठमाडौं- भदौ १० गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०१९’ हुँदैछ। नेपालमा सवारी बिक्रेता कम्पनीहरुले नाडा अटो शोलाई लक्षित गरेर नयाँ-नयाँ उत्पादन सार्वजनिक गर्दै आएका छन्। अटो शो दसैं आउनु केही समयअघि हुने भएकाले पनि नयाँ मोडलहरु सार्वजनिक गर्न कम्पनीहरुबीच प्रतिस्पर्धा नै हुने गरेको छ। उपभोक्ताको चाहना उपलब्ध भएसम्म नयाँ मोडल खरिद गर्ने नै हुने गरेको छ। यहाँ ‘नाडा अटो शो २०१९’ मा सार्वजनिक हुने केही शक्तिशाली मोटरसाइकलको बारेमा उल्लेख गरिएको छ।

 

अन्ना इन्टरनेसनलले नेपाली बजारमा ल्याएको सिएफ मोटोको ४०० जिटी मोटरसाइकल अटो शोमा आउँदैछ। ४ सय सिसी इन्जिन क्षमताको यो मोटरसाइकलको बजार मूल्य ८ लाख रुपैयाँ तोकिएको छ। त्यस्तै, बजाजको एनएस-२०० एबिएस, एफआई पनि अटो शोमा सार्वजनिक हुनेछ। २ सय सिसी इन्जिन क्षमताको यो मोटरसाइकलको मूल्य ४ लाख रुपैयाँ तोकिएको छ। एनजिएमले बिक्री गर्दै आएको हिरोका दुई मोटरसाइकल एक्सपल्स-२०० र एक्ट्रिम-२०० एस आउँदै छ। समान २ सय सिसी इन्जिन क्षमताको एक्सपल्स-२०० को मूल्य ३ लाख २५ हजार र एक्ट्रिम-२०० एसको मूल्य ३ लाख १० हजार रुपैयाँ तोकिएको छ।

 

सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोबाइलले पिक्सर एसएफ-२५० अटो शोमा आउँदै छ। २ सय ५० सिसी इन्जिन क्षमताको यो मोटरसाइकलको मूल्य ४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। गोल्छा अर्गनाइजेसन अन्तर्गतको हंसराज हुलासचन्दले बिक्री गर्दै आएको केटिएमको डुक-२०० एबिएस पनि सार्वजनिक हुने भएको छ। २ सय सिसीको यो मोटरसाइकलको मूल्य ५ लाख ४० हजार रुपैयाँ मूल्य तोकिएको छ।

 

बेलेनीले अटो शोमा सार्वजनिक गर्न लागेको लियोनसिनो २ सय ५० सिसीको मोटरसाइकलको मूल्य ६ लाख ३० हजार रुपैयाँ तोकिएको छ। टिभिएस आरटिआर-१६० डबल डिस्कको मूल्य २ लाख ६९ हजार रुपैयाँ तोकिएको छ। नेपाली बजारमा टिभिएसको मोटरसाइकल जगदम्बा मोटर्स्‌ले बिक्री गर्दै आएको छ।

 

होन्डाको सिबी युनिकर्न-१५० एबिएस सार्वजनिक गर्ने भएको छ। होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले अटो शोलाई लक्षित गरी ल्याउन लागेको १ सय ५० सिसी इन्जिन क्षमताको युनिकर्न-१५० एबिएसको मूल्य २ लाख ७५ हजार ९ सय रुपैयाँ तोकिएको छ। नाडामा अन्य विभिन्न कम्पनीका मोटरसाइकलहरु समेत सार्वजनिक हुनेछन्। मोटरसाइकलहरुको मूल्यसूचीः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय