दही हाम्रो खानपानको महत्त्वपूर्ण हिस्सा भइसकेको छ । दहीका विभिन्न फाइदाबारे हामी जानकार पनि छौँ । दही कति प्रख्यात र यसका फाइदाबारे विश्वभर कति चर्चा गरिएको छ भने दही विश्वमा सबैभन्दा धेरै खाइने खानाहरुको सुचीमा पर्ने गर्छ ।

तर, दही जमाउन कसले सुरु गर्यो होला ? आउनुहोस् जानौं

नेपाल वा भारतमा कहिलेदेखि दही खाइँदै आयो होला भन्ने कुनै अनुमान नै छैन । किन भने हामीले पढ्दै र सुन्दै आएका छौँ– भगवान श्रीकृष्ण मखन र दही चोर थिए ।

तर, पश्चिमा देशमा पनि लोकप्रिय बन्दै गएको दही कहिलेदेखि प्रचलनमा आयो भन्ने अहिलेसम्म एकिन समय खोजी भइसकेको छैन । तर, भनिन्छ– युरोपेली मुलुक बुल्गेरियाले पश्चिमा देशलाई दही जमाउन सिकाएको हो । त्यसैले पनि दहीको इतिहास त्यति नै पुरानो छ जति बुल्गेरिया देशकै इतिहास पुरानो छ । साँचो चाहिँ के हो भने बुल्गेरियाका बासिन्दाले जुन सुकै खाना किन नहोस्, दही छुटाउँदैनन् ।

अधिकांश बुल्गेरियालीहरु मान्छन्– चार हजार वर्ष पहिले घुमन्तेहरुले दही जमाउन सुरु गरेका हुन् । यो जाती आफ्नो परिवारसँग एक ठाउँबाट अर्को ठाउँमा गइरहन्थ्यो ।

त्यसैले उनीहरुसँग दुध बचाएर राख्ने अरु कुनै उपाय थिएन । अनि उनीहरुले दुध जमाउन सुरु गरे । यसका लागि उनीहरु जनावरको छाला प्रयोगमा ल्याउँथे । दुधलाई निश्चित तापक्रममा छालाबाट बनाइएको ठेकीजस्तो भाँडोमा राखेपछि जम्न थाल्थ्यो । यही तरिकाबाट नै विश्वका अन्य देशमा पनि दही जमाउन थालियो ।

यस विषयमा अध्ययन गरिरहेकाहरु मान्छन्– मध्यपूर्व र मध्य एशियामा दही जमाउने प्रचलन विभिन्न समयमा सुरु भएको हो ।

युरोपको बाल्कनमा अवस्थित बुल्गेरियामा दही जमाउने प्रचलन सयौँ वर्षअघि सुरु भएको मानिन्छ । त्यहाँ दही जमाउनका लागि सहयोगी ब्याक्टेरियाको विशेष प्रजाती नै पाइन्छ ।

त्यसैले पनि मानिन्छ– युरोपेली मुलुकहरुमा दहीलाई बुल्गेरियाले उपहारस्वरुप दिएको हो । त्यसो त दही जम्ने प्रक्रिया तथा प्रभावबारे सबैभन्दा पहिले बुल्गेरियाकै वैज्ञानिक स्टामेन ग्रीगोरोवले अध्ययन गरेका थिए । उनले बुल्गेरियामा एउटा दही म्युजियम पनि बनाएका छन् । त्यो सङ्ग्रहालय विश्वकै एकमात्र दही संग्राहलय हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय