युट्युब, फेसबुक लगायत सामाजिक सञ्जालमा पछिल्लो समय निकै भाईरल र रुचाईएका अघोरी बाबा फिल्म र विज्ञापनमा पनि छाएपछि उनको चर्चा झनै बढेको थियो । यसैबीच, अघोरी बाबाले फुटस्टेप जुत्तामा खेलेको भिडियो विज्ञापन बाहिरिएको छ । युवा पुस्ताको जनजिब्रोमा झुण्डिएको अघोरी बाबाको चर्चित थेगो (डाइलग) लाईफ ड्यामेज लाई नै मुख्य आधार बनाईएको उक्त जुत्ताको भिडियो विज्ञापनमा देखिएको छ ।

 

उक्त भिडियो विज्ञापनमा अघोरी बाबाले एक आश्रममा प्रवचन दिदैँ गर्दा एक शिष्य ढिला आएको र किन ढिला आएको भन्ने अघोरी बाबाको प्रश्नको जवाफमा जुत्ता ड्यामेज भएर ढिलो भयो भनेका छन् । त्यसपछि अघोरी बाबाले मुख्य डाईलग बोल्दैँ भनेका छन्, लाओ यो फुटस्टेप जुत्ता लाओ, लाईफ डुयामेज हुन्छ तर फु्टस्टेप जुत्ता कहिले ड्यामेज हुदैँन ।

हेर्नुहोस् भिडियो विज्ञापनः–

https://youtu.be/yCBxRnvgoH4

यो पनि,

अघोरी बाबा फिल्म खेल्दै, ‘लगौँटी’का लागि आयो बाबालाई अफर (भिडियो हेर्नुस्)

अहिले सामाजिक सञ्जाल र युट्युवमा निकै भाइरल भइरहेका अघोरी बाबाले आफ्नो नयाँ चाहना ब्यक्त गरेका छन् । अघोरी बाबा अब फिल्ममा खेल्न चाहन्छन् । सामाजिक सञ्जाल र युट्युवमा हिट भएपछि अघोरी बाबाले आफुलाई फिल्ममा अभिनय गर्ने चाहना भएको बताएका छन् ।
उनले तर त्यसका लागि जे पायो त्यही रोलमा भने अभिनय नगर्ने बताए ।

अरुले गरेको रोलमा म खेल्न चाहन्न, अहिले सम्म कसैले नगरेको रोल पाए म फिल्ममा खेल्छु । लगौटी भन्ने डकुमेन्ट्रीमा उनको पनि अभिनय भएको चर्चा चलेको विषयमा उनले त्यसको टिम आफुलाई अभिनय गर्नका लागि आग्रह गर्न आएको बताए । उनले लगौंटी को अर्थ लगाउँदै त्यसका लागि आफुलाई अफर आएको भने बताए ।

तर त्यसका लागि कस्तो भुमिकामा खेल्न भनिएको हो भन्ने कुराको बारेमा भने आफुलाई जानकारी नभएको बताए । आफुलाई कमेडिमा भने भुमिका गर्न मन नलाग्ने बताए । उनले स्कृप्ट नहेरी फिल्मका लागि आफु तयार नभएको प्रतिकृया दिए । मलाई मन पर्ने रोल भयो भने मात्र खेल्छु, नत्र खेल्दीन । अहिले आफ्ना धेरै पेसेन्ट भएकाले उनीहरुलाई समय दिनुपर्ने बताए ।

पछिल्लो समय आफुलाई भेट्न आउनेहरुको संख्या बढेको भन्दै त्यसका लागि आफुलाई समय म्यानेज गर्न समस्या भएको बताए । जडिबुटी खोज्न जान र बिरामीको उपचारका लागि शक्ति आर्जन गर्न समय चाहिएको बताए । मिडिया र सामाजिक सञ्जाल संचालकहरुलाई अब आफ्ना कुटीमा नआउन आग्रह गरे ।

यो पनि,

अघोरी बाबा र पत्रकार सम्वाद शृङ्खला गन्तव्य शेष छ ?

अभय अधिकारी

बाबु,
किन घुर्क्याउँछौ वन जान्छु भनेर, किन थर्काउँछौ फेरि हतियार उठाउँछु भनेर किन कमजोरी देखाउँछौ मुलुक संघर्षमा जान्छ भनेर ? के तिमीले द्वन्द निम्त्याउन खोजेकै हौ त मुलुकमा ? तिम्रो त्यत्रो आँट छ ? अब तिम्रा पछि लाग्छ को ?

पहिलो प्रश्न: अब तिमीलाई के चाहिएको हो ? पद चाहिएको हो भने तिमीले एउटै मान्छे मारे पुग्छ । त्यसपछि तिम्रो पालो आइ गो’ । अन्तिम पद प्रतियोगिताले पाइँदैन, शायद त्यसका लागि शक्ति र समर्थन दुवै चाहिएला । अब भन त तिमी के का लागि वन पस्छौ ?

दोश्रो प्रश्न: ठीक छ,वन पसौला तर हतियार बोकेर कि नबोकी ? यदि हतियार बोक्छौ भने कसले दिन्छ हतियार ? अनि कसले दिन्छ दाना र नाना अनि दवा र दारु ? के हिजोको श्रृङ्ला टुटेको छैन त ? हिजो जुन कुराका लागि तमसुक र सहिछाप गरेका थियौ त्यो पुरा गरिदिन, जुन अपूर्ण थियो, फेरि वन पस्न खोजेका हौ ? र, तिमी नायक हुन सकेका छैनौ, खेताला नै हौ ?

प्रश्न तीन: बाबु हिजो त तिम्रो वचनमा विश्वास गरेर हजारौं मान्छे तिम्रा पछि लागे । तर जब तिमीले बारम्बार बाटो बदलेर पुल पनि भत्कायौ,अब तिमीसँग पुग्ने बाटो पनि छैन । उमेर पनि छैन । शाक्ति पनि छैन र स्वास्थ्य पनि छैन । भन त अब को लाग्छ तिम्रा पछाडि ?

प्रश्न चार: फेरि आँगन,फेरि तालिम,फेरि योजना र फेरि हत्या ? मार्ने के ? शरीर कि विचार ? थाहा होला नि तिमीलाई के चाहिं मर्छ र के चाहिं मारेर मारिन्न ? ल, मार्यौ रे, हिजो धनीलाई लुटेर हामी धनी भयौं रे, खाते, सडक छाप र चप्पल मार्काबाट कुबेर भयौ रे । अब कसका विरुद्ध लड्ने ? के का लागि ? बाँकी रहेका गरीब जति मारेर धनीहरुकै बस्ती मात्र जोगाउने हो कि अब पनि ? तिम्रो लडाइँ आम नागरिकको लागि हुँदै होइन, आफ्नो लागि हो, कुनै पदका लागि हो । तिम्रो रोगी महत्वाकाँक्षाको कुनै उपचार छैन, हुन सक्दैन । तिमी आफैं अलमलमा छौ ।

बाबु, मेरो प्रश्न सकिएको छैन । जब बहुदलीय संविधान,चुनावी प्रतिष्पर्धा र हार–जीत,शाक्तिको बाँडफाँड,संसदीय अभ्यास गर्नु नै थियो भने किन हतियार उठायौ र ३६ हजार मान्छे मार्यौ ? फेरि किन बाटो फेर्यौ र दल बदल गर्यौ ? कहाँ पुग्न हिडेका छौ ? कुन हो अन्तिम चौतारी ?

अझै मेरो प्रश्न छ– अब को लाग्छ तिम्रा पछि ? अनि कति छन् तिम्रा समर्थक ? के ‘गन’ देखाएर आफ्ना बनाउन सक्छौ ? हिजोका घाइते,युद्धपीडित,बेपत्ता पारिएका र घर जग्गा लुटिएकाहरुको पीडा लुकेको छ र ? बाबु, बरु अहिले जहाँ छौ,त्यहींबाट अन्तर्राष्ट्रिय कोर्टमा पुग्ने बाटोमा बार किन हाल्दैनौ ? सरकारले चाह्यो भने तिमीलाई ‘कोर्ट’मा उभ्याउन र मृत्युदण्ड सुनाउन कठिन होला र ? बाबु, खाते एकैचोटि कुबेर हुनपुग्छ भने उसको मानसिक सन्तुलन हराउन के बेर ? एक पटक आफैंतिर फर्क त ?

प्रश्न सकिएकै छैन । तिमीले जनजाति बनाएर नागरिक समाजमा होचो र अग्लो मान्छे उभ्याइदियौ । अनि आशा देखाएर युद्धकामी बनायौ,योद्धा बनायौ । त्यसरी कुनै जातिलाई होचो बनाएर खेतालो पार्नुहुने थिएन कि ? यो अपराध भयो । उसले शिर ठाडो पारेर हिड्न नपाउने गराईदियौ र आफ्नै वरिपरि घुम्ने रक्षक बनायौ । यो कर्म पनि गलत हो बाबु । नसुधारे तिमी उल्टै तारो बन्नेछौ ।

बाबु, बाल सेना तैयार गर्न टिपेका विद्यार्थी केटाकेटी जो सेनामा छानिएनन् तिनको किड्नी,आँखा र मिर्गौला बेचेको प्रचार हुन थालेको छ । झन् यो अपराधबाट कसरी जोगिन सक्छौ ? तिम्रा काला कर्तुत माथि दनादन साहित्य लेखिन थालेको छ । कसरी रोक्छौ ? कतिलाई तर्साउँछौ ?

प्रश्न छ बाबु,आत्महत्याको ‘विल’ किन पास गर्दैर्नौ ? शक्तिमा छौ पास गराऊ । स्वेच्छाले मृत्यु वरण गर्नु इज्जतकै कुरा होला । नत्र अब ६० सुरक्षा फौज लिएर हिंड तर बच्नेवाला छैनौं । के ती सुरक्षा गार्ड तिम्रा दास हुन र तिनले तिमीलाई जोगाउँछन् ?

अँ तिम्रो महत्वाकाँक्षा बुझ्दछु – यो देशको झण्डा लगेर बुझाऊ र भन ‘म आजीवन राष्ट्रपति बन्न चाहन्छु ।’ तिमीलाई राष्ट्रपति बनाइदिने छन् र त्यसपछि यस मुलुकका नेतालाई पदेन उपराष्ट्रपतिको मान मिल्ने छ । एक पटक प्रस्ताव त लैजाऊ । फेरि न वन पस्नु पर्छ न हतियार उठाइरहनु पर्छ न आफ्ना देशका मान्छे पहिले झैं मार्नु पर्छ न जनताको सम्पत्ति लुटिरहनु पर्छ । आखिर यो मुलुकलाई जहाँ पुर्याउन खोजेको हो त्योभन्दा राम्रो बाटो होइन र यो ? बाटो फरक भएर के भो र गन्तव्य र पहुँच त्यही भएपछि ।

तिमी आफ्नो देशका लागि निर्माण भएकै होइनौ तिमी त आफ्नो महत्वाकाँक्षाको पूर्तिका लागि बाँचेका हौ । आफ्नो स्वार्थ र महत्वाकाँक्षाका प्राप्तिका लागि जस्ता सुकै कुकर्म र अपराध पनि गर्न सक्छौ । तिम्रा लागि तिम्रो स्वार्थ भन्दा ठूलो राष्ट्र होइन, न इतिहास हो न संस्कृति न जाति । र म देख्तै छु तिम्रो महत्वाकाँक्षा रोगी छ र त्यो पूरा भएन भने तिमी अरुलाई पनि मार्छौं र आत्महत्या पनि गर्छौ । अन्यथा तिमी आफैं रक्षक टोलीलाई गोली हान्न लगाएर पनि आफ्नो हत्या आँफै गर्नेछौ ।

त्यसैले यस्तो स्थिति आउनु अघि नै तिमीले राष्ट्रपतिको सलामी खानुपर्छ । जन-गण-मन बझ्नुपर्छ तिम्रो सम्मानमा । तिम्रो गन्तव्य त्यही हो-योजना पनि त्यही हो र त्यसैका लागि तिमी निर्मित हौ । अब तिम्रो विरोध गर्ने अर्को छैन । तर ढिलो गर्यौ कि अर्काले उछिन्छ नि ।

अघोरी बाबाको यो एकालाप सुनेर आज पत्रकार बाबाको कुटीको ढोकैबाट फर्कियो । पत्रकारले मनमनै अनुमान त गर्यौ,बाबा आज किन यसरी प्रकट भए ? तर उस्ले बाबाको यो सन्देश सार्वजनिक गर्ने साहस भने गर्न सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय