कतिपय अवस्थामा हामी बच्चाले बोलेको झुटो सत्य हो भनी पत्याउँछौं। किनभने बच्चाले कहिले पनि झुटो बोल्दैन भन्ने हाम्रो मान्यता हुन्छ। तर बच्चाले बोलेको केही कुरा गहिरेर जान्ने–बुझ्ने हो भने पक्कै नयाँ झुटो भेटिने सम्भावना हुन्छ। बच्चाले झुटो बोल्नु कुनै नयाँ विषय होइन्। बच्चाहरुको सोच्ने र कल्पना गर्ने शक्ति धेरै सक्रिय हुन्छ। उसको कल्पनाभित्रको हामी मात्र एक पात्र बन्छौं। तर कल्पना र यथार्थबीचको फरक छुट्याउने शक्ति बच्चामा हुँदैन। सही र गलतको ज्ञान उनीहरुमा हुँदैन्।

बालमनोविज्ञान विनय मिश्राका अनुसार झुटो बोल्ने बच्चाहरुको बानी सुधार्न सकिन्छ। यसका लागि उनले ५ तरिका अपनाउन सकिने बताएका छन् :

 

१. बच्चाहरुको कुरा ध्यान दिएर सुन्ने: बच्चाहरुले बोल्ने हरेक कुरा ध्यान दिएर सुन्नुपर्छ। सानो–सानो झुटलाई होस् भनेर छोड्ने गर्नुहुन्न। झुट बोल्नु बानी नराम्रो हो चाहे त्यसको परिणाम राम्रो नै किन नहोस्। यो कुरा सबै बच्चाहरुको दैनिक जीवनमा लागू गराउनुपर्छ।

२ .बच्चाहरुलाई मायाले सम्झाउने: बच्चाले आफूले बोलेको झुटको कारण आमा बुबाले धेरै माया गर्छन् भन्ने सोच मनमा राख्छन्। यो गलत सोच उनीहरुको दिमागबाट हटाउनुपर्दछ। झुट जस्तो अवस्थामा जसरी बोले पनि झुट नै हुन्छ भन्ने कुरा सम्झाउनुपर्दछ।

३. सकारात्मक सोच राख्न मद्दत गर्ने : साँचो बोलेकै कारण कुनै बच्चाले कतिपय काममा असफलता पाउन सक्छ। असफलता पाए पनि उसले गरेको कामलाई झुटो नबोलेमा स्याबासी दिने गर्नुपर्छ। गाली गर्ने र पिट्ने गर्दा बच्चामा नकारात्मक सोचको विकास हुन्छ। बच्चाले देखाएको साँचो व्ययवहारलाई कदर गर्नुपर्दछ।

४. बच्चाहरुलाई सम्मान गर्ने : विशेषगरी अरुको अगाडि बच्चाहरुलाई हामी उसलाई विश्वास गर्छौं भन्ने महसुस गराउनुपर्छ। उमेरले ठूलो मानिसको सम्मान भने जस्तै बच्चाको पनि आफ्नै सम्मान हुन्छ। त्यसैले अरु वा साथीहरुसामु उसको सम्मानमा ठेस पुर्याउनु हुँदैन।

५. बच्चाहरुबाट आवश्यकताभन्दा बढी अपेक्षा नराख्ने : आमा बुबाले बच्चासँग धेरै अपेक्षा गर्न सुरु गर्छन् अनि बच्चाले झुटो बोल्न थाल्छ। कुनै पनि बच्चा सबै क्षेत्रमा परिपक्व हुँदैन। उसले जहाँ जति सक्छ, त्यति नै गर्छ। उसले गरेको काममा साथ र सहयोग गर्नु पर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah