काठमाडौं । दुई सातादेखि लगातार उकालो लागेको सुनको भा्उ आज सोमबार भने स्थिर रहेको छ।

आज छापावाल सुन प्रतितोला ७१ हजार र तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर छ। आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ।
काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।



