एजेन्सी । नेपाल सीमावर्ती भारतको उत्तर प्रदेशमा एउटा आश्चर्य जनक घटना भएको छ । आफ्नी श्रीमतीलाई नयाँ प्रेमीसँग पठाएपछि एक युवकले ७१ भेडा प्राप्त गरेका छन् ।

भारतको गोरखपुरमा श्रीमतीको इच्छाअनुसार नयाँ प्रेमीलाई श्रीमती हस्तान्त्रण गरेका एक युवकले जवाफमा ७१ भेडा प्राप्त गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
गोरखपुरको बेलीपारको एक गाउँमा भएको आश्चर्यजनक घटनामा दुवै पक्ष खुसी छन् । यो घटना पुलिस कार्यालयमा पुगे पनि दुवै पक्ष खुसी भएकाले साम्य भएको छ ।
स्थानीय २२ वर्षीय उमेसले २२ जुलाईमा गाउँकी एक महिलालाई लिएर भागेका थिए । त्यसपछि दुवै पक्षबीच भेडा चलाउने समयमा भेट भयो । विवाद बढेपछि मुद्दा पञ्चायतसम्म पुग्यो ।
नयाँ पतीका १४२ भेडाबाट पुरानो पतीलाई ७१ भेडा दिएपछि महिलाले नयाँ प्रेमी पाइन् । पञ्चायत र पुलिसलेसमेत यो मुद्दामा सहमति जनाएको छ ।



