दमक/मासु ब्यवसायिहरुले बैशाख १ गतदेखि लागु हुनेगरि मासुको मूल्य बढाएकाछन् । किसानलाइ राहत दिने भन्दै उनिहरुले मासुको मूल्य बढाएकाहुन् । मासु ब्यवसायि संघ जिल्ला समिति झापाको मंगलवार दमकमा भएको भेलाले मूल्य बढाएको संघका झापा जिल्ला अध्यक्ष उद्धब न्यौपानेले बताए । उनका अनुसार

संघका अध्यक्ष न्यौपाने
खसीको प्रतिकेजी मासुको मूल्य ६ सय ५० बाट ७ सय
बोइलर कुखुराको ३ सय ४० बाट बढाएर ३ सय ६०
राँगाका मासूको ३ सय २० बाट ३ सय ४०
संगुरको ३ सय बाट ३ सय २० मूल्य कायम गरिएको थापाले जनाएकाछन् ।
यसैगरि गिरीराज कुखुराको जिउदो मूल्य भने घटाएकाछन् । लोकल कुखुरा भन्दै बिक्रि गर्ने यो कुखुराको मूल्य ४ सय ५० बाट घटाएर ४ सय बनाईएको थापाले जानकारी दिएकाछन् । लामो समयदेखि मूल्य नबढेको र आफूहरुले मासुको मूल्य बढाउदा किसानहरु यसबाट लाभान्वित हुने न्यौपाने बताए ।



