एजेन्सी । मानिससँगै कुकुरलाई फौजमा सामेल गरिएको घटना सामान्य बनेको छ । तर अहिले बाख्रा पनि फौजमा जागिरे बनेको घटना सार्वजनिक भएको छ । पोर्चुगल सरकारले अहिले बाख्राको फौज बनाएको छ । पोर्चुगल सरकारले जंगलमा लागेको आगो नियन्त्रणका लागि बाख्राको फौज तयार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 

पोर्चुगलमा जंगलमा आगो लाग्ने समस्या हरेकवर्ष बढ्न थालेपछि सरकारले नयाँ जुक्ति निकालेको हो । तपाइँलाई बाख्राले कसरी आगो नियन्त्रणमा सहयोग गर्छ भन्ने जिज्ञासा हुनु स्वभाविक हो ।

पहिले पहिले पोर्चुगलका गाउँमा बाख्रा र भेडा पालन धेरै हुन्थ्यो । त्यो समयमा गाउँमा पालिएका बाख्रा र भेडाले आहाराका रुपमा बस्ती नजिकको जंगलका ससाना रुख र घाँस खान्थे ।

आगलागी भएको अवस्थामा आगो त्यहीँ कारणले गाउँसम्म फैलिन पाउँदैन्थ्यो । बिस्तारै बस्ती शहरी क्षेत्रमा परिणत भयो । गाउँमा बाख्रा र भेडा पालन हुन छाड्यो । त्यसै कारणले आगलागी फेरि बस्तीसम्म आइपुग्न थाल्यो ।

पोर्चुगल सरकारले जब एक ठाउँमा बाख्राको संख्या ह्वात्तै बढाएर आगो नियन्त्रणको प्रयास थाल्यो । त्यसपछि आश्चर्यजनक रुपमा आगलागीका घटना कम भयो ।

सरकारले फौजमै बाख्रा पाल्ने योजना सुरु गरेको छ । पाइलट प्रोजेक्टको रुपमा सुरु गरिएको योजना सफल भएपछि अब देशैभर यही योजनालाई लागु गरिएको छ ।

पोर्चुगलका गाउँ गाउँमा अब भेडा र बाख्रा पालन कार्यक्रम सुरु हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय